IME Life New

मिथिला लघुवित्तको नाफामा आकर्षक वृद्धि, प्रतिशेयर आम्दानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। लघुवित्तले प्रकाशन गरेको वित्तीय विवरण अनुसार खुद नाफा सहित अधिकांश सूचक बढेका छन् ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ८ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ७७ प्रतिशतले बढी हो

Esewa
Crest

समीक्षा अवधिमा लघुवित्तले २० करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिका लघुवित्तले १४ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी ४१.८६ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी अवधिमा ४०.३६ प्रतिशत र सञ्चालन मुनाफा १०७.६८ प्रतिशत बढेको छ।

२२ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २० करोड ४४ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ७७ करोड रुपैयाँ सापटी तथा १ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९६ करोड कर्जा प्रवाह गरेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ३२ पैसा बढेर ३७ रुपैयाँ ५८ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.५५ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS