IME Life New

मध्यपूर्व तनावः यो देशले दुई हप्तामा बेच्यो ५८ टन सुन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका धेरै केन्द्रीय बैंकहरुले हालैका वर्षहरुमा व्यापक रुपमा सुन खरिद गरेका छन्। जसले गर्दा सुनको मूल्य उल्लेखनीय रुपमा बढेको छ।

यद्यपि टर्कीको केन्द्रीय बैंकले विगत दुई हप्तामा ५८ टन सुन बेचेको छ। टर्कीले सुन बिक्रीबाट ८ अर्ब डलरभन्दा बढी रकम उठाएको छ। अब टर्कीको सुन भण्डार ५१३ टनमा सीमित बनेको छ। जुन ७ वर्षयताकै सबैभन्दा कम हो।

Esewa
Crest

टर्कीले आफ्नो सुनको आधाभन्दा बढी अमेरिकी डलर उधारो लिन प्रयोग गरेको छ। जब कि बाँकी खुला बजारमा बेचेको छ।

मार्च १३ मा समाप्त भएको हप्तामा टर्कीले ६ टन सुन बेचेको थियो। जुन बिक्री मार्च २० मा समाप्त भएको हप्तामा ५२ टन पुग्यो। यस अवधिमा विश्वव्यापी सुन ईटीएफबाट कुल ४३ टन बहिर्गमन भएको छ। जसले टर्की सुन बिक्रीको सबैभन्दा ठूलो स्रोत भएको संकेत गर्दछ।

टर्कीको मुद्रा लिरालाई जोगाउन केन्द्रीय बैंकले उल्लेखनीय मात्रामा डलर पम्प गर्नुपरेको छ। मध्यपूर्व तनावले विश्वव्यापी कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। यसले टर्कीको आयात बिल बढाएको छ। जसले लिरामा दबाब परेको छ। यही कारणले गर्दा टर्कीको केन्द्रीय बैंकले मुद्राको गिरावट रोक्न आफ्नो विदेशी मुद्रा भण्डारबाट डलर पम्प गर्नुपरेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS