IME Life New

मेटलाइफ नेपालद्वारा “क्रिटिकल इलनेस प्लस” राइडर सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेटलाइफ नेपालले “क्रिटिकल इलनेस प्लस” नामक नयाँ राइडर सार्वजनिक गरेको छ, जसले जीवनका सबैभन्दा संवेदनशील क्षणहरूमा तत्काल आर्थिक राहत प्रदान गर्ने उद्देश्य राखेको छ । यस राइडरले व्यक्तिगत जीवन बीमा योजनालाई थप सशक्त बनाउँदै गम्भीर रोगको निदान भएपछि एकमुष्ट रकम भुक्तानी गर्ने व्यवस्था गरेको छ । यसले अस्पताल खर्च मात्र नभई उपचारपछिको पुनःस्थापना, आम्दानीमा हुने कमी तथा दीर्घकालीन हेरचाहका कारण पर्ने आर्थिक भारलाई समेत सम्बोधन गर्ने कम्पनीले जनाएको छ ।

क्रिटिकल इलनेस प्लसलाई किफायती र सहज बनाउन डिजाइन गरिएको छ । छुट्टै बीमा योजना आवश्यक नपर्ने यस राइडरलाई योग्य व्यक्तिगत बीमा योजनासँग सहज रूपमा जोड्न सकिने जनाइएको छ । यसले निर्दिष्ट गम्भीर अवस्थाको क्यान्सर, स्ट्रोक, मिर्गौला फेल हुने समस्या, कलेजो रोग, मुटुसम्बन्धी रोग तथा प्रमुख अंग प्रत्यारोपण लगायत ११ वटा प्रमुख गम्भीर रोगहरूमा सुरक्षा प्रदान गर्ने कम्पनीको भनाई छ । बीमा सम्झौताअनुसार रोगको पुष्टि भएपछि लाभ रकम तुरुन्त भुक्तानी गरिने भएकाले बीमित व्यक्तिले आर्थिक चिन्ताभन्दा आफ्नो उपचार र स्वास्थ्य सुधारमा ध्यान केन्द्रित गर्न सक्नेछन् ।

Esewa
Crest

क्रिटिकल इलनेस प्लसको एकमुष्ट भुक्तानी सुविधाले केवल खर्च फिर्ता गर्ने स्वास्थ्य बीमाभन्दा बढी लचिलोपन प्रदान गर्दछ । ग्राहकहरूले प्राप्त रकम उन्नत चिकित्सा उपचार, विदेशमा उपचार, घरायसी खर्च वा अन्य आर्थिक दायित्वहरू पूरा गर्न प्रयोग गर्न सक्नेछन् । यसले लामो तथा अनिश्चित उपचार अवधिमा भरपर्दो आर्थिक सुरक्षा जालको रूपमा काम गर्नेछ ।

यस राइडरको सार्वजनिक अवसरमा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, “गम्भीर रोगले व्यक्तिको जीवनलाई स्वास्थ्य र आर्थिक दुवै दृष्टिकोणबाट कुनै पनि समयमा परिवर्तन गर्न सक्छ । क्रिटिकल इलनेस प्लसमार्फत हामीले अर्थपूर्ण सुरक्षा अझ पहुँचयोग्य, किफायती र सहज बनाएका छौं, जसले गर्दा ग्राहकहरूले आर्थिक तनावभन्दा उपचार र स्वास्थ्य लाभमा ध्यान दिन सकून्।”

यस व्यक्तिगत राइडरसँगै मेटलाइफ नेपालले आफ्नो ग्रुप क्रिटिकल इलनेस राइडरलाई पनि थप सुदृढ बनाएको छ। अब कर्मचारी तथा उनीहरूका परिवारका लागि १४ वा २० वटा गम्भीर रोगसम्मको सुरक्षा विकल्प उपलब्ध हुनेछ । यस परिमार्जनले रोजगारदाताका लागि लागत प्रभावकारी रहँदै कर्मचारी सुविधालाई उल्लेखनीय रूपमा सुदृढ बनाउनेछ । साथै, उदीयमान स्वास्थ्य जोखिम र ग्राहकका वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने व्यापक सुरक्षा समाधान विकास गर्ने मेटलाइफ नेपालको प्रतिबद्धतालाई अझ बलियो बनाउने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS