काठमाडौं । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहातलगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले मेटलाइफ नेपालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
उक्त सहयोग रकम कोषमा जम्मा गरी सोको जानकारी मेटलाइफ नेपालका कार्यकारी निर्देशक निर्मलकाजी श्रेष्ठले आज अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई गराएका छन्। कोषमा पुर्याएको योगदानका लागि अर्थमन्त्री खनालले मेटलाइफ नेपाललाई हार्दिक धन्यवाद ज्ञापन गरे।
यसका साथै आजको मितिसम्म उक्त कोषमा १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ।


















