IME Life New

मेटलाइफ बंगलादेशले दोस्रोपटक प्राप्त गर्यो ‘ग्रेट प्लेस टु वर्क’ अवार्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेटलाइफ बंगलादेशले लगातार दोस्रोपटक ‘ग्रेट प्लेस टु वर्क’ अवार्ड प्राप्त गरेको छ। यो अन्तर्राष्ट्रिय मान्यताले मेटलाइफ बंगलादेशको निरन्तर सफलतालाई प्रतिविम्बित गर्दछ। किनकि मेटलाइफ बंगलादेश यो सम्मान प्राप्त गर्ने एकमात्र बीमा कम्पनी हो।

यो मान्यता मेटलाइफको समग्र कार्य वातावरण, नेतृत्व र करिअर विकासका बारेमा वर्तमान कर्मचारीहरुको राय र अनुभवमा आधारित छ।
‘ग्रेट प्लेस टु वर्क’का रुपमा मान्यता प्राप्त संस्थाहरु कर्मचारीहरुलाई उनीहरुको करियर अगाडि बढाउन र उनीहरुको सीप विकास गर्ने अवसरहरु प्रदान गर्नुका साथै उत्कृष्ट कार्य वातावरण र संस्कृति प्रदान गर्नका लागि परिचित छन्।

Esewa
Crest

यस सन्दर्भमा मेटलाइफ बंगलादेशका प्रमुख कार्यकारी अधिकृत अला अहमदले भने, ‘मेटलाइफमा हामी कर्मचारीहरुले सम्मानित र उत्प्रेरित महसुस गर्ने कार्य वातावरण सिर्जना गर्न प्रयासरत छौँ। यो मान्यता हामीले उत्कृष्ट ग्राहक सेवा र बीमा सुरक्षा प्रदान गर्न निर्माण गरेको सकारात्मक कार्य वातावरणको प्रमाण हो।’

मेटलाइफ बंगलादेश ७३ वर्षभन्दा बढी समयदेखि बंगलादेशको जीवन बीमा क्षेत्रमा एक विश्वसनीय नाम रहेको छ। कम्पनीले हाल लगभग १० लाख व्यक्तिगत ग्राहक र ९०० भन्दा बढी कर्पोरेट ग्राहकलाई सेवा दिन्छ। बंगलादेशभरि यससँग ४०० कर्मचारी र १२ हजार बीमा अभिकर्ता छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS