IME Life New

ट्रम्पले करको दर बढाउँदा २५ अर्ब डलरले घट्यो मेटाको कुल सम्पत्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले करको दरहरू वृद्धि गरेपछि मेटा कम्पनीका सञ्चालक मार्क जुकरवर्गको नेटवर्थ(खुद सम्पत्ति) झण्डै २५ अर्ब अमेरिकी डलरले घटेको छ।   ओ

करको उच्च भारका कारण खुद मुनाफामा प्रत्यक्ष असर परेकाले मेटाको सेयरहरू अमेरिकी धितोपत्र वाल स्ट्रीट बजारमा बिहीबार १० प्रतिशतभन्दा बढीले घटेका थिए। यो संकुचन यस वर्षको कम्पनीको सबैभन्दा ठूलो एक दिनको घाटा हो।

Esewa
Crest

मेटाले सार्वजनिक गरेको त्रैमासिक आय वाल स्ट्रीटका विज्ञहरूको पूर्वानुमानभन्दा कम भएपछि बिहीबार बिहान शेयर बजार खुले लगत्तै मेटाको सेयरहरू १२.३% ले घटेर प्रति शेयर ६५८.५० अमेरिकी डलरमा झरेको थियो। यो मूल्य अक्टोबर २०२२ मा २४.५ प्रतिशत गिरावट पछि स्टकको लागि सबैभन्दा ठूलो एक दिने घाटा हो।

मेटाले बुधबार प्रति शेयर तेस्रो त्रैमासिक आय प्रतिवेदन सार्वजनिक गरेको थियो, जुन अर्थशास्त्रीहरूको प्रति शेयर आम्दानी ६.७२ अमेरिकी डलरको अनुमानभन्दा ८४ प्रतिशत कम छ। फ्याक्टसेटका अनुसार, ५१.२ अर्बको कारोबार भएपनि, ४९.५ अर्बको अनुमान भन्दा माथि अघिल्लो वर्ष (६.०३ अमेरिकी डलर) को तुलनामा प्रति शेयर आम्दानी (ईपीएसमा) ८३ प्रतिशत गिरावटदेखिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक ठूलो कर ऐनको कारण १५.९ अर्बको एक पटकको करको भार थपिदिएका कारण प्रति शेयर आम्दानी खुम्चिएको हो। मेटाले, २०२५ को बाँकी र भावी वर्षहरूको लागि अमेरिकी संघीय नगद कर भुक्तानीमा “उल्लेखनीय कटौती” को अपेक्षा गरेको छ। सरकारलाई अतिरिक्त कर तिर्नु नपर्रको भए प्रति शेयर आम्दानी ७.२५ प्रतिशत हुने थियो भन्ने मेटाले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS