काडमाडौं । अमेरिकाको लस एन्जलसको एक निर्णायक मण्डलले एक युवतीको पक्षमा ऐतिहासिक फैसला सुनाएको छ। ती महिलाले मेटा र युट्युबलाई बाल्यकालको सामाजिक सञ्जालको लत लागेको आरोप लगाएकी थिइन्।
निर्णायक मण्डलले इन्स्टाग्राम, फेसबुक र ह्वाट्सएपको स्वामित्वमा रहेको मेटा र युट्युबको मालिक गुगलले जानाजानी लत निम्त्याउन सक्ने सामाजिक सञ्जाल प्लेटफर्महरु सिर्जना गरेको पत्ता लगाएको छ। निर्णायक मण्डलका अनुसार यसले केली नामकी २० वर्षीया महिलाको मानसिक स्वास्थ्यलाई हानी पुर्याएको छ।
केलीलाई ६० अमेरिकी डलर पनि दिइएको छ। निर्णायक मण्डलले केलीलाई ३० लाख डलर क्षतिपूर्ति र ३० लाख डलर जरिवाना कम्पनीहरुबाट पाउनुपर्ने निर्णय गरेको छ। निर्णायक मण्डलले मेटा र गुगलले आफ्नो प्लेटफर्म सञ्चालन गर्ने तरिकामा ‘दुव्र्यवहार, उत्पीडन वा ठगी’ मा संलग्न भएको निष्कर्ष निकालेको छ। यस निर्णयअन्तर्गत मेटाले केलीको कुल क्षतिपूर्तिको ७० प्रतिशत तिर्नुपर्नेछ। जब कि गुगलले बाँकी ३० प्रतिशत तिर्नुपर्नेछ।
यो निर्णयले अमेरिकी अदालतहरुमा विचाराधीन सयौँ यस्तै मुद्दालाई असर गर्ने सम्भावना छ। मेटा र गुगलले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै निर्णयसँग असहमत रहेको र यसमा पुनरावेदन गर्ने बताएका छन्। मेटाले भन्यो, ‘किशोरकिशोरीको मानसिक स्वास्थ्य एक जटिल मुद्दा हो र यसलाई केवल एउटा एपमा श्रेय दिन सकिँदैन।’
‘हामी आफ्नो बचाउ गर्न जारी राख्नेछौँ। किनकि प्रत्येक मुद्दा अद्वितीय छ। हामी किशोरकिशोरीको अनलाइन सुरक्षा सुनिश्चित गर्ने हाम्रो ट्रयाक रेकर्डमा पूर्ण रुपमा विश्वस्त छौँ’। मेटो भन्यो।
गुगलका प्रवक्ताका अनुसार यस विषयमा युट्युबलाई गलत बुझिएको छ। ‘युट्युब एउटा जिम्मेवार भिडियो स्ट्रिमिङ प्लेटफर्म हो, सामाजिक सञ्जाल साइट होइन’, उनले भने। –एजेन्सी












