काठमाडौं । फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले ठूलो संख्यामा कर्मचारी कटौतीको तयारी गरेको छ।
मेटाले आउँदो मे २० पछि कर्मचारी कटौतीको सुरुआत गर्नेछ। लगभग कुल वैश्विक जनशक्तिको १० प्रतिशत कर्मचारी हटाउने मेटाको योजना छ। लगभग ८ हजार मानिसले रोजगारी गुमाउनेछन्।
मेटाको यो कटौती सन् २०२२ को अन्त्यतिर र सन् २०२३ को सुरुआतमा गरिएको रिस्ट्रक्चरिङपछि सबैभन्दा ठूलो कदम हो।
यही वर्षको अन्त्यसम्म मेटाले फेरि केही कर्मचारी कटौती गर्न सक्ने रोयटर्सको रिपोर्टमा उल्लेख छ।
मेटाका सीईओ मार्क जुकरबर्ग वर्तमान समयमा कृत्रिम बुद्धिमत्ता (एनआई)मा अर्बौं डलर लगानी गरिरहेका छन्। एआईको बढ्दो क्षमताका कारण भविष्यमा तहगत व्यवस्थापनमा कमी हुने र एनआईको सहयोगमा काम झनै सरहल हुने कम्पनीको विश्वास छ। –एजेन्सी












