IME Life New

मेन्छियाम हाइड्रोपावरले १००% हकप्रद शेयर ल्याउने, डाक्यो विशेष साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेन्छियाम हाइड्रोपावरले विशेष साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले यही वैशाख २० गते विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको महाराजगन्जस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। हकप्रद शेयर बिक्रीबाट प्राप्त रकमको उपयोगका सम्बन्धमा सञ्चालक समिति गरेको निर्णयसम्बन्धी प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले पारित प्रस्तावहरु स्वीकृतिका लागि पेस गरिँदा नियमनकारी निकायहरुबाट कुनै संशोधन वा परिवर्तन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS