IME Life New

मेची इन्डस्ट्रिज र भारतको लक्ष्मी इन–फ्याबबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको ए.ए.सी.ब्लक उत्पादन क्षेत्रमा एक नयाँ कोसेढुङ्गा थपिएको छ । नेपालको अग्रणी ए.ए.सी. ब्लक उत्पादक, मेची इन्डस्ट्रिज लिमिटेड र भारतको प्रतिष्ठित प्रविधि प्रदायक कम्पनी लक्ष्मी इन–फ्याब प्राइभेट लिमिटेड बीच उत्पादन क्षमता अभिवृद्धिका लागि एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता बमोजिम मेची इन्डस्ट्रिजले आफ्नो उत्पादन क्षमतामा प्रति महिना ५,००० क्युबिक मिटर ए.ए.सी. ब्लकको थप उत्पादन गर्ने भएको छ र यस क्षमता अभिवृद्धिसँगै कम्पनीकोे उत्पादन दायरा विस्तार गर्ने दीर्घकालीन रणनीतिअनुरूप मोटार एडेसिभ, रेडिमिक्स प्लास्टर, टाइल एडेसिभ तथा वाल पुट्टी उत्पादनका लागि आवश्यक आधुनिक प्लान्ट तथा उपकरण खरिद गर्ने निर्णय गरी सम्बन्धित आपूर्तिकर्तासँग खरिद सम्झौता सम्पन्न गरेको छ । यस साझेदारीले दिगो विकास, अत्याधुनिक प्रविधि र निर्माण क्षेत्रमा बलियो उत्पादन क्षमताको साझा दृष्टिकोणलाई प्रतिविम्बित गर्दछ ।

Esewa
Crest

नवीनता, विश्वसनीयता र दीर्घकालीन सहकार्यका साथ हामी निर्माण क्षेत्रको भविष्यलाई थप मजबुत बनाउन प्रतिबद्ध छौँ, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यस द्विपक्षीय साझेदारीले नेपाल र भारतबीचको औद्योगिक सम्बन्धलाई नयाँ उचाइमा पु-याउने विश्वास लिइएको छ ।

साथै, मेची इन्डस्ट्रिज लिमिटेडले आफ्नो व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सुदृढ बनाउने दीर्घकालीन रणनीति अन्तर्गत तीनवटा महत्त्वपूर्ण प्रमाणपत्रहरू प्राप्त गरेको छ । कम्पनीले आईएसओ ९००१ः२०१५ (गुणस्तर व्यवस्थापन प्रणाली), १४००१ः२०१५ (वातावरणीय व्यवस्थापन प्रणाली) र ४५००१ः२०१८ (व्यावसायिक स्वास्थ्य एवं सुरक्षा व्यवस्थापन प्रणाली) को अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो ।

कम्पनीका अध्यक्ष पवन घिमिरे अनुसार यो उपलब्धिले कम्पनीको उत्पादकत्वमा गुणस्तर, संस्थागत सुशासन, वातावरणीय जिम्मेवारी, कर्मचारीको स्वास्थ्य एवं सुरक्षाका लागि सुरक्षित कार्य वातावरणप्रतिको प्रतिबद्धतालाई थप विश्वव्यापी मान्यताका साथ प्रमाणित गरेको र मेची इन्डस्ट्रिज आगामी दिनहरूमा पनि निरन्तर सुधार, वातावरणमैत्री औद्योगिक अभ्यास, नवप्रवर्तन, र गुणस्तरीय उत्पादन मार्फत राष्ट्रिय औद्योगिक विकासमा योगदान पु-याउर्ने अग्रणी नेपाली उद्योगको रूपमा स्थापित हुन दृढ संकल्पित रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS