IME Life New

नेप्सेमा ‘एमबीएल इक्विटी फन्ड’का इकाइ सूचीकृत, भोलिबाट कारोबार गर्न मिल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज एमबीएल इक्विटी फन्ड सूचीकृत भएको छ। अब यो म्युचुअल फन्डका इकाइहरु भोलि बिहीबारबाट कारोबार गर्न मिल्नेछ।

माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको यस म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल १२ करोड १६ लाख २५ हजार ३३० इकाइ नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले हालै धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङमार्फ यस योजनाका इकाइहरु बिक्री खुला गरेको थियो।

Esewa
Crest

कुनै पनि धितोपत्र नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट कारोबार आउँछ। सोहीबमोजिम यो म्युचुअल फन्डका इकाइहरु पनि भोलि बिहीबारबाट कारोबारमा आउने भएको हो।

नेप्सेले यो योजनालाई ‘एमबीएलईएफ’ कारोबार संकेत प्रदान गरेको छ। यस योजनाको कोष प्रवर्द्धकमा माछापुच्छ्रे बैंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS