IME Life New

आन्दोलनमा योगदान र शहादतका लागि ‘जेन जी’ लाई मेयर बालेनले व्यक्त गरे आभार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महानगरका मेयर बालेन्द्र शाह .(बालेन) ले युगान्तकारी आन्दोलनमा योगदान र शहादतका लागि जेन जी पुस्तालाई हार्दिक आभार व्यक्त गरेका छन्।

उनले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुक पेजमार्फत सन्देश सार्वजनिक गर्दै आभार व्यक्त सँगै आन्दोलनमा ज्यान गुमाएका शहीदहरू प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन्।

Esewa
Crest

पूर्व प्रधानन्यायाधिश सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएपछि बालेनले यस्तो सन्देश सार्वजनिक गरेका हुन् । उनले भनेका छन्। वीर शहीदहरूको अमूल्य योगदानले भावी पुस्तालाई सधैं देश प्रेम र कर्तव्यबोधको मार्ग दर्शन गर्नेछ।

प्रिय Gen Z,

तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।
वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

भ्रष्टाचारविरूद्धको आन्दोलनको घोषणा गरेका जेन जी लाई हौंस्याउँदै बालेनले आइतबार देखि आज शुक्रबारसम्म एक भिडियो पोष्ट सहित जेन जी आन्दोलनसँग सम्बन्धित सात वटा पोष्ट फेसबुकमा गरे।
यसबीचमा आन्दोलनको अघिल्लो दिन आइतबार उनले जेन जीको आन्दोलनमा कुनै पार्टी , नेता , कार्यकर्ता , सांसद , बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु भन्दै चेतावनी दिएका थिए। लगत्तै दोश्रो पोष्टमा उनले मलाई बोल्न दे सरकार भन्ने बोलको आफ्नो र्याप गीत पोष्ट गरेका थिए।

सोमबार सुरक्षाकर्मीबाट नृशंसरूपमा १४ जनाभन्दा बढी निहत्था विद्यार्थीको हत्या भएपछि बालेनले प्रधानमन्त्री प्रति कटाक्ष सहित निर्दोषको ज्यान लिएकोमा आक्रोश व्यक्त गरेका थिए। उनले भनेका थिए
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
उनले जेन जीको आन्दोलनलाई नजिकबाट न्याल्दै संसद विघटन नभएसम्म कुनै पनि सम्झाैता नगर्न दबाब समेत दिए। र अन्ततः शुक्रबार साँझ उनले भने झैं राष्ट्रपतिबाट अन्तरिम प्रधानमन्त्री पदमा सुशिला कार्कीले नियुक्ति पाइन् । कार्कीले पहिलो निर्णयमै संसद भंग गर्न राष्ट्रपति समक्ष सिफारिश गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS