IME Life New

सिमरास्थित जगदम्बा स्टिल्स उद्योगको भट्टीमा ठूलो विष्फोट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शंकर समूह अन्तर्गत सञ्चालित स्टिल उद्योग,  जगदम्बा स्टील उद्योगमा बुधबार राति ठूलो विस्फोट भएको छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार, कवाडी फलाम पगाल्ने भट्टीमा विष्फोट भएको हो। विभिन्न श्रोतबाट संकलित कवाडीलाइ फर्नेस आयल बालेर निस्किने आगोको तापमा पगाल्ने काम हुँदै आएको थियो।

Esewa
Crest

यो भट्टीमा अत्ति उच्च तापक्रम हुने भएकाले भारतीय कामदारहरूलाइ काममा लगाइँदै आएको छ। भट्टीमा कम्तीमा १५ जना मजदुर नियमित खटिएका हुन्छन् ।

विस्फोटमा परी मजदुर घाइते भएपनि यकीन संख्या खुल्न सकेको छैन।

उद्योग भित्र भएको विष्फोटले भूकम्पको धक्का जस्तै हल्लाएको स्थानीयले बताएका छन् । तीन चार पटक विष्फोटको आवाज आएको र घरहरु हल्लाएको स्थानीयको भनाई छ ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) वेद प्रकाश जोशीले उद्योग प्रशासनको दाबीअनुसार एक भारतीय मजदुर घाइते भएको जानकारी दिए।

उनले घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको र विस्फोटबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताए।

राति करिब ९:१५ बजे भएको विस्फोटको आवाज टाढासम्म सुनिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS