IME Life New

मारुती सुजुकीले ल्यायो ‘डिजायर हाइब्रिड’, उत्कृष्ट सेफ्टी फिचर अनि गज्जबको माइलेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मारुती सुजुकीले भारतको सबैभन्दा धेरै बिक्री हुने सेडान पनि बनाउँछ। अहिले कम्पनीले डिजायरलाई विश्वव्यापी स्तरमा लैजाँदैछ।

कम्पनीले आफ्नो लोकप्रिय सेडान कार डिजायरलाई फिलिपिन्सको बजारमा ‘डिजायर हाइब्रिड’का रुपमा नयाँ हाइब्रिड अवतारमा लन्च गरेको हो। यो हाइब्रिड डिजायर भारु १३ लाख २० हजारको सुरुआती मूल्यमा लन्च गरिएको छ।

Esewa
Crest

हालै मारुती सुजुकीले घरेलु बजारमा आफ्नो डिजायरको नयाँ तेस्रो पुस्ताको मोडेल लन्च गरेको थियो। यो नयाँ सेडान कारमा कम्पनीले नयाँ ‘जेड’ सिरिज इन्जिनबाहेक धेरै प्रमुख अपडेट दिएको छ। यो ग्लोबल एनसीएपी क्रर्यास टेस्टमा पूर्ण ५–तारे रेटिङ प्राप्त गर्ने कम्पनीको पहिलो कार हो र यो कार मानकका रुपमा ६ वटा एयरब्यागसहित आउँछ। भारतीय बजारमा यसको सुरुवाती मूल्य भारु ६ लाख ७९ हजार (एक्स–शोरुम) हो।

नयाँ डिजायर हाइब्रिडका बारेमा कुरा गर्दा यसमा हाइब्रिड इन्जिन र सीभीटी गियरबक्सको संयोजन छ। लुक र डिजाइनको हिसाबले यो भारतीय बजारमा बिक्री हुने हालको डिजायरसँग मिल्दोजुल्दो छ। मारुती सुजुकीले फिलिपिन्समा डिजायरसँग सनरुफ प्रदान गरिरहेको छैन। यसबाहेक यसमा १.२ लिटर क्षमताको ३–सिलिन्डर प्राकृतिक रुपमा एस्पिरेटेड जेड१२ई इन्जिन छ। जुन हाइब्रिड प्रविधिका साथ आउँछ।

इन्डियन–स्पेक डिजायर र फिलिपिन्स–स्पेक डिजायर हाइब्रिड बीचको सबैभन्दा ठूलो भिन्नता पावरट्रेनमा छ। नामले नै संकेत गरेझैँ भारतीय विशिष्ट मोडेलमा स्टप–स्टार्ट प्रणालीबाहेक अन्य कुनै प्रविधि छैन। अर्कोतर्फ फिलिपिन्समा प्रस्तुत गरिएको डिजायर हाइब्रिडमा १२भी एसएचभीएस (सुजुकीको स्मार्ट हाइब्रिड भेहिकल) प्रणाली रहेको छ। यसमा सानो ०.०७२ केडब्ल्यूएच ब्याट्री प्याक छ। जसले २.१९ केडब्ल्यू (२.९३ बीएचपी)को इलेक्ट्रिक मोटरमा पावर पठाउँछ। जसले टर्क असिस्टमा मद्दत गर्छ र माइलेज सुधार गर्छ।

फिलिपिन्समा प्रस्तुत गरिएको सुजुकी डिजायरको माइलेजका बारेमा कम्पनीले कुनै आधिकारिक घोषणा गरेको छैन। यद्यपि, कम्पनीले यसले नियमित मोडेलको तुलनामा राम्रो माइलेज दिने जनाएको छ। भारतमा मारुती सुजुकी डिजायरको म्यानुअल भेरियन्टले प्रतिलिटर २४.७९ किलोमिटर, सीएनजी म्यानुअल ३३.७३ किलोमिटर प्रतिलिटर र पेट्रोल एएमटी भेरियन्टले प्रतिलिटर २५.७१ किलोमिटरसम्मको माइलेज दिन्छ।

डिजायर हाइब्रिडमा कम्पनीले ९ इन्चको फ्री–स्ट्यान्डिङ इन्फोटेनमेन्ट स्क्रिन, पुस–बटन स्टार्ट, किलेस इन्ट्री, क्रुज कन्ट्रोल, अटो क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट, अलोय ह्विल, एलईडी हेडलाइट, फग लाइट, एलईडी टेल लाइट, क्रोम बेल्ट लाइनजस्ता सुविधा समावेश गरेको छ। फिलिपिन्समा, डिजायर दुई ट्रिम स्तरमा उपलब्ध छ, जीएल र जीएलएक्स।

यो सेडानमा ६ वटा एयरब्याग, ईबीडी फंक्सनसहितको एबीएस, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी), हिल होल्ड कन्ट्रोल, ब्रेक असिस्ट फंक्सन, पार्किङ सेन्सर, रियरभ्यू क्यामेरा, सिटबेल्ट प्रिटेन्सनर र फोर्स लिमिटरसहितको ३–पोइन्ट ईएलआर सिटबेल्ट, चाइल्डप्रुफ रियर डोर लक, इमोबिलाइजर, सेक्युरिटी अलार्म र हाई–माउन्ट स्टप ल्याम्पजस्ता सेफ्टी फिचर छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS