काठमाडौं । आज शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३८ दशमलव १९ अंकले बढेर २,७८३ को विन्दुमा कायम भउको छ । आज २४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३२ कम्पनीको १ करोड ४ लाख ३९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको १७ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको १६ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव १९ प्रतिशतका दरले कमाएका छन् । कुमारी धनवृद्धि योजनका इकाईधनीले ११ दशमलव ३७ प्रतिशतका दरले कमाएका छन् । दोल्ती पावरका लगानीकर्ताले ८ दशमलव ४३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले २ दशमलव ८७ प्रतिशतका दरले गुमाएका हुन् ।












