IME Life New

ट्यारिफको टार्गेटमा धेरै देश, ट्रम्पले भनेका ‘डर्टी-१५’ मा कुन-कुन मुलुक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अप्रिल २ बाट नयाँ ट्यारिफ लगाएका छन्। उनले यस दिनलाई अमेरिकाका लागि मुक्ति दिवसका रुपमा मनाउने घोषणा पनि गरेका छन्।

धेरै देश ट्रम्पको नयाँ ट्यारिफको दायरामा आउनेछन्। तर, यहाँ १५ देश छन्, जुन ट्यारिफबाट सबैभन्दा बढी प्रभावित हुनेछन्। ट्रम्पको ट्यारिफका बारेमा अहिलेसम्म कुनै स्पष्टता छैन। ट्रम्प प्रशासनले बारम्बार वर्तमान व्यापार नियमले अमेरिकालाई भन्दा अरु देशलाई फाइदा पुगिरहेको बताउँदै आएका छन्।

Esewa
Crest

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भर्खरै अमेरिकामा भारी ट्यारिफ लगाउने डर्टी-१५ देशको उल्लेख गरेका थिए। यद्यपि, बेसेन्टले यी १५ देशको नाम भने खुलाएनन्। तर, अमेरिकी वाणिज्य विभागको २०२४ व्यापार घाटा रिपोर्टले केही संकेत प्रदान गर्दछ। यस प्रतिवेदनका अनुसार अमेरिकासँग सबैभन्दा बढी व्यापार घाटा भएका देशमा चीन, युरोपेली संघ, मेक्सिको, भियतनाम, आयरल्यान्ड, जर्मनी, ताइवान, जापान, दक्षिण कोरिया, क्यानडा, भारत, थाइल्यान्ड, इटाली, स्विट्जरल्यान्ड, मलेसिया र इन्डोनेसिया छन्।

यो विश्वास गरिन्छ कि यी देशहरु ट्रम्पको ट्यारिफबाट कडा मारमा पर्न सक्छन्। यसबाहेक अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले अमेरिकाको लेनदेन उपयुक्त नभएका २१ देशलाई हाइलाइट गरेको छ। यी देश अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, युरोपेली संघ, भारत, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड, टर्की, बेलायत र भियतनाम हुन्। तर, अहिले ट्रम्पको ध्यान ती १५ देशमा केन्द्रित छ। ट्रम्पले हालै नयाँ व्यापार ट्यारिफबाट थप देश प्रभावित हुन सक्ने संकेत पनि दिएका थिए।

यी नयाँ ट्यारिफ धेरै देश र उद्योगहरुमा लगाइनेछ। ट्रम्पले यसअघि स्टिल र आल्मुनियममा ट्यारिफ लगाएका थिए। विदेशी सवारीसाधन र चिनियाँ उत्पादनमा भारी ट्यारिफ लगाइएको छ। यसका साथै औषधि र सेमीकन्डक्टरमा पनि ट्यारिफ लगाइने बताइएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS