IME Life New

मन्जुश्री फाइनान्सद्वारा २८ शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम संचालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभरि विभिन्न ठाउँमा रहेका आफ्ना २८ शाखा कार्यालयहरु मार्फत करिब १ हजार भन्दा बढी युवा, विद्यार्थी तथा कर्मचारी माझ वित्तीय चेतना अभिवृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ।

हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी विकमा फाइनान्सले चैत ४ देखि १० गतेसम्म साताव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको हो। फाइनान्सले विभिन्न स्कुल तथा कलेजका विद्यार्थी, कर्मचारी, गृहिणी कृषक तथा आम जनमानसहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम संचालन गरेको छ।

Esewa
Crest

अभियान अन्तर्गत फाइनान्सले बैंक तथा बित्तिय संस्थासंग कारोबार गर्दाका फाइदाहरु, डिजिटल बैंकिङ, क्यूआर, स्मार्ट बैंकिङ, पिन तथा पार्सवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी सचेतना कार्यक्रम संचालन गरेको छ।

साथै फाइनान्सले विभिन्न शाखा कार्यालयहरु मार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया कार्यक्रम का साथ साथै प्रभात फेरीको आयोजना गरेको हो । नेपाल राष्ट्र बैंकद्वारा आयोजित प्रभात फेरीमा समेत आफ्ना शाखाहरुलाइ सम्मिलित गराएको साथै सामाजिक संजालबाट चेतनामूलक संदेश समेत प्रसारण गरेको छ।

फाइनान्सले बिगत १३ वर्षदेखि हरेक वर्षमा सबै शाखा कार्यालयहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम समेत संचालन गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS