काठमाडौं । मान्डु हाइड्रोपावरले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १० प्रतिशतले हुन आउने १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ७१ लाख ७७ हजार ३७ रुपैयाँ नगद लाभांश छन्।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।












