IME Life New

साउदीमा ४० वर्ष बसेर रित्तो हात फर्किन लागेका व्यक्तिले जिते ज्याकपट, रातारात बने ९१ करोडको मालिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउदी अरबमा विगत ४० वर्षदेखि काम गर्दै आएका भारतीय थजुदीन अलियार कुन्जु रातारात करोडपति बनेका छन्।

केरलाको तिरुवनन्तपुरम जिल्लामा रहेको आफ्नो घर फर्कनुभन्दा ठीक अघि अलियारले साउदीमा २ करोड ५० लाख दिरामको बिग टिकट ज्याकपट जितेका हुन्। हालै ६१ वर्षीय अलियारले अब घर फर्किने निर्णय गरेका थिए। घर फर्कनुभन्दा ठीक अगाडि उनले दुबईको अबुधाबीमा आयोजित ड्रमा यो ठूलो धनराशिको पुरस्कार जितेका हुन्। अब उनी लगभग भारु ५७ करोड (करिब नेरु ९१ करोड २० लाख) लिएर घर फर्किनेछन्।

Esewa
Crest

गल्फ न्यूजको रिपोर्ट अनुसार अलियारले ५ प्रयासपछि यो पुरस्कार जितेका हुन्। अलियारले जितेको रकमको एक भाग दान गर्ने निर्णय गरेका छन्।

साउदीको हेल सहरमा बस्ने तीन छोरीका बुवा अलियारले यो ज्याकपट परेकोमा भगवानलाई धन्यवाद दिएका छन्। उनी अब केरलामा आफ्नो परिवारसँग समय बिताउन उत्सुक छन्। ‘म रित्तो हात साउदीबाट घर फर्किन लागेको थिएँ’, उनले भने, ‘रातारात यति ठूलो धनराशिको ज्याकपट परेको छ। अब केरलामै व्यवसाय सुरु गर्ने योजना बनाएको छु।’

आफ्नो जीवनका बारेमा कुरा गर्दै अलियारले भने, ‘म मेरी आमाको एक्लो सन्तान हुँ। मलाई मार्गदर्शन गर्ने कोही थिएन। मलाई कामप्रतिको लगाव थियो, जसले मलाई १९८५ मा साउदी अरेबिया ल्यायो। जब म साउदी अरेबिया आएँ म खाली हात थिएँ। त्यतिबेला नर्क सहरमा पनि मरुभूमिबाहेक केही थिएन। मैले फार्ममा काम गरेर सुरु गरेको थिएँ र अहिले म वाटरप्रुफिङ र यातायातको व्यवसाय गर्छु।’

अलियारले हालै बिग टिकट राफलका बारेमा थाहा पाएका थिए। उनले १६ जनाको समूह बनाए र विगत ५ महिनादेखि आफ्नो भाग्य प्रयास गरिरहेका थिए। उनले भने, ‘आफैँले टिकट किन्न नसक्ने मानिसले पनि मौका पाओस् भनेर मैले यो समूह बनाएको हुँ।’ समूहमा केरलाका १५ जना र तमिलनाडुका एकजना आप्रवासी छन्।

अलियारले ज्याकपटको रकम आर्थिक कठिनाइको सामना गरिरहेका समूहका अन्य सदस्यलाई बाँड्ने जानकारी दिए। ‘अब यो रकमले १६ परिवारको भविष्य सुरक्षित भएको छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

84%
happy

खुसी

0%
sad

दु :खी

13%
amazed

अचम्मित

3%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS