IME Life New

मुख्य सूचकहरुमा महुली लघुवित्तको प्रगति, लाभांश क्षमता १६% माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म संस्थाले ४ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ३ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष संस्थाको नाफामा २५.६२ प्रतिशतको बढोत्तरी भएको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको चैतसम्म संस्थाको सञ्चालन मुनाफा २५.६३ प्रतिशतले बढेर ५ करोड ७९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ४ करोड ६१ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी २५ करोड ८२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष चैतसम्म खुद ब्याज आम्दानी १९ करोड ४० लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा ३३.१३ प्रतिशतले बढेको छ।

चैतसम्म संस्थाको वितरणयोग्य मुनाफा ४ करोड ५३ लाख रुपैयाँ रहेको छ। लाभांश क्षमता १६.३५ प्रतिशत रहेको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.९६ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष एनपीएल ४.९० प्रतिशत थियो।

चुक्तापुँजी ३६ करोड ९९ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङमा ४ करोड ५३ लाख रुपैयाँ र रिजर्भमा ३० करोड ४२ लाख रुपैयाँ छ।

अघिल्लो वर्ष असार मसान्तसम्म रिटेन्ड अर्निङमा २ लाख ६४ हजार रुपैयाँ र रिजर्भमा २८ करोड ५०लाख रुपैयाँ थियो। रिटेन्ड अर्निङ र रिजर्भ दुवैको आकार बढेको छ।

समीक्षा अवधिसम्म संस्थाले २ अर्ब ८५ करोड ११ लाख रुपैयाँ सापटी लिएर ४ अर्ब ९२ करोड १५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले २ अर्ब ४२ करोड रुपैयाँ सापटी लिएर ४ अर्ब ५८ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। यसले संस्था व्यापार ग्रोथमा आक्रमण ढंगले अगाडि बढेको छ।

समीक्षा वर्षमा संस्थाको प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १४.६२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १३.३५ रुपैयाँ थियो। पीई रेसियो ८४.८६ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १९४.५१ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS