IME Life New

अमेरिकी ग्रीन कार्ड नियममा ठूलो परिवर्तन, अब विदेशी कामदारले यी कुरामा दिनुपर्छ ध्यान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा ग्रीन कार्डसम्बन्धी नयाँ नियम लागू गरिएको छ। यसअन्तर्गत अब ग्रीन कार्ड आवेदकहरूले फेरि मेडिकल जाँच गर्नुपर्ने हुन सक्छ।

अमेरिकी नागरिकता र आप्रवासन सेवा (यूएससीआईसी) ले फारम आई–६९३ को वैधताको नियम परिवर्तन गरेको छ। यो एउटा महत्वपूर्ण कागजात हो। जसमार्फत आवेदकले आफ्नो स्वास्थ्यका बारेमा बताउँछन्। अमेरिकामा काम गर्ने कामदारलाई स्थायी रुपमा देशमा बस्नको लागि ग्रीन कार्ड दिइन्छ।

Esewa
Crest

यूएससीआईसका अनुसार सन् २०२३ नोभेम्बर १ मा वा त्यसपछि सिभिल सर्जनद्वारा हस्ताक्षर गरिएको फारम आई–६९३ त्यतिबेलासम्म मात्र मान्य हुन्छ जबसम्म यो दायर गरिएको आवेदन विचाराधीन छ वा समीक्षा प्रक्रियामा छ। यदि आवेदन फिर्ता लिइयो वा अस्वीकृत गरियो भने फारम आई–६९३ अमान्य हुनेछ र फेरि प्रयोग गर्न सकिँदैन। यो नियम लागू भएको छ र सन् २०२५ जुन ११ मा वा पछि विचाराधीन वा पेस गरिएका सबै आवेदनलाई असर गर्छ।

कुन अवस्थामा नयाँ फारम आवश्यक पर्नेछ ?

यूएससीआईसीले भनेको छ कि यदि कुनै विदेशी नागरिकले फारम आई–६९३ सँगै फारम आई–४८५ (स्थायी बासिन्दाको हैसियतका लागि आवेदन दिन प्रयोग गरिने कागजात)सँग बुझाउँछन्। तर, पछि फिर्ता लिन्छ वा अस्वीकृत हुन्छ। यस्तो अवस्थामा पुनः आवेदन दिँदा उनीहरुले नयाँ फारम आई–६९३ प्राप्त गर्नुपर्नेछ। फारम आई–४८५ले विदेशी कामदारलाई आफ्नो देश नफर्काई अमेरिका भित्रबाट ग्रीन कार्ड प्राप्त गर्न अनुमति दिन्छ।

पुरानो नियम के थियो ?

यूएससीआईएसले सन् २०२४ अप्रिल ४ मा यससँग सम्बन्धित नीति पनि ल्यायो। जुन परिवर्तन गरिएको छ। पुरानो नीतिअन्तर्गत फारम आई–६९३ अनिश्चित कालसम्म मान्य थियो। सरल शब्दमा भन्नुपर्दा एकपटक चिकित्सा प्रमाणपत्र बनाइसकेपछि यो सधैँ प्रयोग गर्न सकिन्छ। केही मानिसले पुरानो नियम मानिसका लागि खतरा भएको बताएका थिए। एजेन्सीले नयाँ नियमका कारण विदेशीले समयमै र उचित चिकित्सा परीक्षण र उपचार प्राप्त गर्न सक्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS