IME Life New

महुली लघुवित्त र कर्मचारीबाट बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि रु. १३ लाख सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले गत भदौ १० गते भोटेकोशी नदीमा आकस्मिक रुपमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। संस्थाले यो विपदमा परी अमूल्य जीवन गुमाउनु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

यसका साथै विपदका कारण सम्पर्कविहीन भएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्था तथा विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी एवं तिनका परिवारले व्यहोर्नुपरेको पीडा र कठिनाइप्रति संस्थाले सहानुभूति गरेको छ। प्राकृतिक विपदको यस दुःखद् घडीमा प्रभावित नागरिकको खोज तथा उद्धार, तत्काल राहत, पुनर्स्थापना तथा पुनर्निर्माण कार्यमा सहयोग पुर्याउने उद्देश्यले सरकारको एकद्वार नीतिबमोजिम संस्था तथा संस्थामा कार्यरत कर्मचारी परिवारका तर्फबाट संयुक्त रुपमा कुल १३ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरिएको छ।

Esewa
Crest

उक्त सहयोग रकममध्ये महुली लघुवित्तको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ५लाख ७३ हजार ९९८.४१ रुपैयाँ तथा संस्थामा कार्यरत कर्मचारीका तर्फबाट स्वेच्छिक रुपमा संकलित ७ लाख २६ हजार १.५९ रुपैयाँ गरी कुल १३ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त रकमको बैंक भौचर तथा प्रमाण संस्थाका अध्यक्ष मोहन हरि आचार्य तथा सञ्चालक निमानन्द कँडेलले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष हस्तान्तरण गरेका छन्। सो अवसरमा संस्थाका प्रतिनिधिहरुले विपद प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा नेपाल सरकारबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता व्यक्त गर्दै यस सहयोगले प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा केही योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

विपदको यस कठिन घडीमा प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा अहोरात्र खटिएका नेपाल सरकारका सम्बन्धित निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामाजिक संघ–संस्था, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीप्रति महुली लघुवित्त परिवारले कृतज्ञता व्यक्त गरेको छ।

महुली लघुवित्तले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता व्यक्त गर्दै विपद प्रभावित नागरिकको शीघ्र पुनर्स्थापना, जनजीवन सामान्यीकरण तथा प्रभावित क्षेत्रको पुनर्निर्माणको कामना गरेको छ। यसका साथै विपदको यस कठिन घडीमा महुली लघुवित्त तथा सम्पूर्ण कर्मचारी परिवारले प्रभावित नागरिकको साथमा रहेको ऐक्यबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS