काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश लिन बाँकी रहेका केही शेयरधनीहरुलाई आफ्नो नाममा रहेको शेयर अभौतिकिकरण गर्न /गराउन आग्रह गरेको छ । बैंकका केही शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर अभौतिकिकरण अद्यावधिक नगराएकोले बैंकको बिभिन्न सभाबाट पारित भई वितरित लाभांश रकम सम्बन्धित खातामा जम्मा गर्न नसकिएकोले आफ्नो नाममा रहेको शेयर अभौतिकिकरण गर्नु /गराउनु भई लाभांश प्राप्त हुन सक्ने बैंक खाता समेत अद्यावधि गराइ यस बैंकबाट वितरित लाभांश रकम प्राप्त हुन सक्ने आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ ।
साथै बैंकले थप जानकारीको लागि यस बैंकको शेयर रजिष्ट्रार, सिद्धार्थ क्यापिटल लि। नारायणचौर, नक्शाल तथा बैंकको केन्द्रीय कार्यालय, दरबारमार्ग, काठमाडौंमा सम्पर्क राख्न अनुरोध गरेको छ ।












