IME Life New

महालक्ष्मी विकास बैंकको १५ लाख १४ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकको १५ लाख १४ हजार बढी कित्ता शेयर आज चैत ३१ गतेबाट बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको १५ लाख १४ हजार २५ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको मतलब शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

इच्छुक लगानीकर्ताले सम्पूर्ण कित्ता खरिदका लागि बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो वैशाख १४ गतेसम्म तोकिएको छ।

तोकिएको मितिभित्र लगानीकर्ताले काठमाडौंको नारायणचौरस्थित मुक्तिनाथ क्यापिटलमा शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS