IME Life New

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामी आउने चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फिलिपिन्सका अधिकारीहरुले शुक्रबार बिहान मिन्डानाओ क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्पपछि ‘विपत्तिजनक’ सुनामी आउने चेतावनी जारी गरेका छन्।

अधिकारीहरुका अनुसार फिलिपिन्सको तटीय क्षेत्रहरुमा तीन मिटर (१० फिट) अग्ला सुनामी छालहरु आउने अनुमान गरिएको छ। भूकम्पको केन्द्रबिन्दु रहेको मिन्डानाओ क्षेत्रबाट ३०० किलोमिटर टाढा इन्डोनेसियामा सुनामी चेतावनी जारी गरिएको हो। यो चेतावनी उत्तरी सुलावेसी र पपुवाका इन्डोनेसियाली क्षेत्रहरुका लागि जारी गरिएको छ।

Esewa
Crest

फिलिपिन्सका अधिकारीहरुका अनुसार स्थानीय समय अनुसार बिहान ११ः४३ बजे सुनामी छालहरु आउने अनुमान गरिएको छ।

ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले तटीय क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरुलाई ‘तुरुन्तै उच्च जमिनमा सर्न’ आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS