IME Life New

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्डोनेसियामा बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। जसले गर्दा सुनामीको चेतावनी दिइएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको सुरुआती परिमाण ७.८ थियो। यो स्थानीय समयअनुसार बिहान ६ः४८ बजे मोलुक्का सागरमा ठोक्किएको थियो।

Esewa
Crest

भूकम्पको केन्द्रविन्दु टर्नेट सहरबाट लगभग १२० किलोमिटर टाढा थियो। जुन २ लाखभन्दा बढी जनसंख्या भएको सानो तर घना जनसंख्या भएको टापु हो।

हवाईमा आधारित सुनामी चेतावनी प्रणालीले भूकम्पको केन्द्रविन्दुको १ हजार किलोमिटर दायराभित्र इन्डोनेसिया, फिलिपिन्स र मलेसियाको तटीय क्षेत्रहरुमा छालहरु पुग्ने अनुमान गरिएको बताएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS