IME Life New

लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्यो माछापुच्छ्रे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । माछापुच्छ्रे बैंक गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ।

बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगडद लाभांश (करसहित) रहेका छन्। गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार माछापुच्छ्रे बैंकको ९.२३ प्रतिशत लाभांश क्षमता रहेको थियो।

Esewa
Crest

प्रस्तावित लाभांशसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय बैठकले गरेको छ। केन्द्रीय बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS