IME Life New

माबिलुङ्ग इनर्जीको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर सूचिकृत भएको छ। नेप्सेमा कम्पनीको ३८ लाख ५८ हजार २४० कित्ता शेयर सूचिकृत भएको हो। कम्पनीको स्टक सिम्बोल एमएबीईएल  रहेको छ ।

कम्पनीको शेयर गत भदौ ८ गते बाँडफाँड भएको थियो। कम्पनीको आइपीओ लामो समयपछि सूचिकृत भएको हो ।

Esewa
Crest

कम्पनीको शेयर भोली कात्तिक १८ गतेको स्पेशल प्रि ओपन सेसनमा कारोबार भइ नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०५ रुपैयाँ ९० पैसादेखि ३१७ रुपैयाँ ७० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।

कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको १८ लाख ९० हजार ५३० कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको १९ लाख ६७ हजार ७१० कित्ता गरी कुल ३८ लाख ५८ हजार २४० कित्ता शेयर यस दिन नेप्सेमा सूचिकृत भएको हो।

1762156686980

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS