काठमाडौं । मोदी इनर्जीको सवा २ करोड कित्ता शेयरको लकइन अवधि सकिने लागेको छ।
कम्पनीको २ करोड २६ लाख ३० हजार ४६० कित्ता शेयरको लकइन अवधि आउँदो वैशाख ३० गतेबाट सकिने भएको हो। कम्पनीले जारी गरेको सूचनाअनुसार हाल संस्थापक शेयरधनीको २ करोड १७ लाख ५० हजार कित्ता, आयोजना प्रभावित स्थानीयको ८ लाख ४ हजार ३९० कित्ता र कम्पनीका कर्मचारीको ७६ हजार ७० कित्ता शेयर लकइनमा राखिएको छ।
कुनै पनि कम्पनीको सर्वसाधारणलाई जारी आइपीओ बाँडफाँट भएको मितिले संस्थापक, आयोजना प्रभावित र कर्मचारीको शेयर ३ वर्षका लागि लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ। यद्यपि लकइन अवधि सकिए पनि कम्पनीका सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीको हकमा नियमानुसार शेयर रोक्का रहने व्यवस्था रहेको छ।












