IME Life New

घरजग्गामा ऋण लगानी सुस्त, ९ वटा वाणिज्य बैंकको कर्जा प्रवाह बढ्दा ११ वटाको घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले लचक नीति लिँदा पनि घरजग्गामा जाने कर्जा लगानीले गति लिन सकेको छैन। अझै पनि घरजग्गामा कर्जा लगानी सुस्तै देखिएको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुबाट चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्म २ खर्ब १५ अर्ब २८ करोड ९१ लाख रुपैयाँ कर्जा लगानी गएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को चैतसम्म २ खर्ब ३५ अर्ब ८ करोड ३५ लाख रुपैयाँ घरजग्गामा कर्जा लगानी भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कर्जा लगानी ८.४२ प्रतिशतले घटेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म घरजग्गामा ९ वटा बैंकको कर्जा लगानी बढेको छ भने ११ वटाको घटेको छ। घरजग्गामा धेरै कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ भने वृद्धिदरका हिसाबले कृषि विकास बैंक अगाडि रहेको छ।

चालु वर्षको चैतसम्म नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले घरजग्गामा २४ अर्ब ३८ करोड १७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यो बैंकले घरजग्गामा २५ अर्ब ३० करोड २२ लाख रुपैयाँ लगानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकबाट गएको कर्जा समीक्षा अवधिमा ३.६४ प्रतिशतले घटेको छ।

यसैगरी घरजग्गामा दोस्रो धेरै कर्जा लगानी गर्ने बैंकमा एनआईसी एसिया रहेको छ। अघिल्लो वर्ष चैतसम्म २५ अर्ब ७० करोड २ लाख रुपैयाँ घरजग्गामा कर्जा प्रवाह गरेको बैंकले समीक्षा अवधिमा २० अर्ब ५८ करोड ७ लाख रुपैयाँ दिएको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको कर्जा लगानी १९.९२ प्रतिशतले घटेको छ।

घरजग्गामा तेस्रो धेरै कर्जा लगानी गर्ने बैंकमा प्राइम कमर्सियल रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म २० अर्ब ३७ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २२ अर्ब ६७ करोड १३ लाख रुपैयाँ लगानी गरेको थियो। यो बैंकको कर्जा लगानी पनि १०.१३ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको चैतसम्मको तुलनामा समीक्षा अवधिसम्म सबैभन्दा बढी कृषि विकासले घरजग्गामा ६१.५१ प्रतिशतले कर्जा लगानी बढाएको छ। यो बैंकले समीक्षा अवधिसम्म ३ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

चालु वर्षको चैतसम्म सबैभन्दा कम कर्जा प्रवाह गर्ने बैंकमा नेपाल एसबीआई रहेको छ। यो बैंकले १३ करोड ९८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ६५.१४ प्रतिशतले कम हो।

कुन बैंकको कर्जा लगानी बढ्यो/घट्यो ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS