IME Life New

प्राधिकरणले भन्यो-‘लोडसेडिङ नेपालका लागि इतिहास भइसक्यो, अब फर्किंदैन’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपालका लागि लोडसेडिङ इतिहास भइसकेको जनाएको छ।

प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो। ‘लोडसेडिङ नेपालका लागि इतिहास भइसक्यो’, विज्ञप्तिमा भनिएको छ, ‘सही समाचार सम्प्रेषण गर्दा गरिएको अतिरञ्जनाले यो फर्किने अवस्था नरहेको हुँदा गलत आशयका साथ छरिएको भ्रमबाट आम उपभोक्तामा पर्न गएको अन्योलप्रति प्राधिकरण सचेत छ।’

Esewa
Crest

चनौली वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापनका सम्बन्धमा एक दिन असार ११ गतेका लागि निकालेको लोड व्यवस्थापन तालिकाले सिर्जना गरेको अन्यौल र त्यसैलाई लिएर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यक्त धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ। ‘चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा विद्युत आपूर्ति गर्ने चनौली ३३÷११ के.भी. सवस्टेसनमा न्यु भरतपुर (बसेनी) सबस्टेसनवाट आउने ३३ केभी लाइनमा बढेको अत्याधिक लोडका कारण सिर्जित समस्या समाधानका लागि कार्य भइरहेको छ’, प्राधिकरणले भनेको छ, ‘चनौली क्षेत्रको मागलाई दीर्घकालीन व्यवस्थापन गर्नका लागि बसेनी १३२ केभी सबस्टेसनबाट चनौली सबस्टेसनसम्म नयाँ ३३ केभी लाइन निर्माणकार्य अन्तिम चरणमा रहेको र सो लाइन निर्माण पश्चात यो समस्या दीर्घकालीन रुपमा समाधान हुने विश्वास व्यक्त गर्दछौँ।’

वर्षातको समयमा अपेक्षाकृत पानी नपर्दा आइपरेको खडेरीका कारण अत्यधिक मात्रामा बढेको सिँचाइ लोड व्यवस्थापनका लागि विद्युत लाइन तथा ट्रन्सफर्मरहरु अदली बदली गर्नुपर्ने हुँदा सोका लागि लाइन अवरुद्ध हुने समय तालिका मात्र सार्वजनिक गरिएको प्राधिकरण प्रस्ट पारेको छ। ‘यस विषयलाई लोडसेडिङ तालिका शीर्षक दिएर समाचार प्रकाशित गर्नु अनुचित र भ्रामक रहेको व्यहोरा स्पष्ट पार्न चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशित समाचारहरुको भित्री व्यहोराहरुमा नै प्राधिकरणकै जिम्मेवारी पदाधिकारीद्वारा यस अवस्थालाई लोडसेडिङ भन्न नमिल्ने र बुधबारसम्ममा समस्या समाधान भइसक्ने कुरा उल्लेख भए पनि यसविपरीत मुख्य शीर्षकमा लोडसेडिङ उल्लेख हुनु आफैँमा दुःखद् र कुनै पनि दृष्टिले न्यायोजित नभएको सञ्चार जगतसमक्ष निवेदन गर्दछौँ।’

प्राधिकरणका अनुसार चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा देखिएको समस्या केवल प्राविधिक समस्यामात्र हो। ‘समस्या समाधानका लागि प्राधिकरण अहोरात्र खटिएको हुँदा २–३ दिनभित्र निरन्तर विद्युत आपूर्ति हुनेछ’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS