IME Life New

विश्वयुद्धको खतरा बढ्दै गर्दा सार्वजनिक भयो विश्वकै १० सबैभन्दा सुरक्षित र असुरक्षित देशको सूची

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वयुद्धको खतरा बढ्दै गएको छ। मध्यपूर्वमा २ वर्षअघि गाजामा सुरु भएको युद्ध अब इरानसम्म पुगेको छ। इजरायल र इरानले एकअर्कामाथि भयानक आक्रमण गरिरहेका छन्। उता रुस र युक्रेनबीचको युद्ध पनि चलिरहेको छ।

ग्लोबल पिस इन्डेक्स–२०२५ ले देखाउँछ कि विश्व पहिलेभन्दा कम शान्तिपूर्ण हुँदै गइरहेको छ र शान्तिमा गिरावट दोस्रो विश्वयुद्धपछिको उच्चतम स्तरमा छ। यस्तो अवस्थामा विश्वकै सबैभन्दा १० सुरक्षित र १० असुरक्षित देशको सूची सवाृज्निक भएको छ।

Esewa
Crest

इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिस (आईईपी) ले हरेक वर्ष ग्लोबल पिस इन्डेक्स जारी गर्छ। जसले हाम्रो विश्व कति सुरक्षित छ भनेर बताउँछ।

सन् २०२५ को अध्ययनको नतिजाले विश्वका सबैभन्दा सुरक्षित र असुरक्षित देशका बारेमा बताउँछ। सुरक्षित देशको सूचीमा शीर्ष स्थानमा रहेका ती राष्ट्रहरु छन्, जहाँ लचिलो संस्था छन्, कम भ्रष्टाचार छ र राम्रोसँग काम गर्ने पूर्वाधार रहेको छ। यसले गर्दा यी देश यात्राका लागि आदर्श गन्तव्य हुन्।

सबैभन्दा सुरक्षित १० देश

आइसल्यान्डले विश्वको सबैभन्दा सुरक्षित देशको सूचीमा आफ्नो शीर्ष स्थान कायम राखेको छ। विशेष कुरा के छ भने यसले सन् २००८ देखि यो स्थानमा आफ्नो पकड कायम राखेको छ।

अर्को रोचक कुरा के छ भने विश्वको १० सुरक्षित देशमध्ये ८ युरोपका मात्र छन्। यसका साथै विश्वको सबैभन्दा ठूलो भू–भाग भएको एसियाको एउटामात्र देश यस सूचीमा छ। शीर्ष १० सुरक्षित देशको सूचीमा आयरल्यान्ड दोस्रो र न्युजिल्यान्ड तेस्रोमा छ। यो सूचीमा अस्ट्रिया र स्विजरल्यान्ड क्रमशः चौथो र पाँचौँ स्थानमा छन्।

शीर्ष १० मा रहेको एकमात्र एसियाली देश सिंगापुर छैटौँ स्थानमा छ। त्यसपछि पोर्चुगल सातौँ, डेनमार्क आठौँ, स्लोभेनिया नवौँ र फिनल्यान्ड दसौँ स्थानमा छ।

विश्वका सबैभन्दा असुरक्षित १० देश

विश्व शान्ति सूचकांकको वर्गीकरणमा रुस १६३ देशको तल्लो स्थानमा रहेको छ। जसले गर्दा यो विश्वको सबैभन्दा असुरक्षित देश बनेको छ। त्यसपछि युक्रेन छ।

सबैभन्दा असुरक्षित देशको सूचीमा सुडान तेस्रो र अफ्रिकाको प्रजातान्त्रिक गणतन्त्र कंगो चौथो स्थानमा छ। मध्यपूर्वमा हिंसाको सिकार भएको यमन पाँचौँ स्थानमा छ।

सबैभन्दा असुरक्षित देशमध्ये अफगानिस्तान छैटौँ स्थानमा छ भने सिरिया, दक्षिण सुडान, इजरायल र माली क्रमशः सातौँ, आठौँ, नवौँ र दसौँ स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS