IME Life New

एक महिनामा जीवन बीमकको नयाँ व्यापार १० अर्ब १६ करोड, कुनको बजार हिस्सा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८२/ ८३ को असार महिना मात्रै १० अर्ब १६ करोड माथि प्रथम बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा ५ लाख ८२ हजार ४०७ वटा बीमा पोलिसी विबक्री गरी १० अर्ब १६ करोड ८४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्न सफल भएका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ९१ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा व्यवसायको २८ दशमलव ६४ प्रतिशत हिस्सा ओगटेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ३० करोड प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा व्यवसायको १२ दशमलव ८७ प्रतिशत हिस्सा ओगटेको छ । तेस्रोमा सूर्यज्योति लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ९३ करोड ९८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा व्यवसायको ९ दशमलव २४ प्रतिशत हिस्सा ओगटेको छ ।

Esewa
Crest

हिमालयन लाइफले यस अवधिमा ६८ करोड ४२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा व्यवसायको ६ दशमलव ७३ प्रतिशत हिस्सा ओगटेको हो । सिटिजन लाइफले ६५ करोड ५६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा व्यवसायको ६ दशमलव ४५ प्रतिशत हिस्सा ओगटेको हो । एशियन लाइफले ५८ करोड ९१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा व्यवसायको ५ दशमलव ७९ प्रतिशत हिस्सा ओगटेको हो ।

एलआइसी नेपालले ५४ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा व्यवसायको ५ दशमलव ३९ प्रतिशत हिस्सा ओगटेको हो । प्रभु महालक्ष्मी लाइफले ५४ करोड ३० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा व्यवसायको ५ दशमलव ३४ प्रतिशत हिस्सा ओगटेको हो ।

सानिमा रिलायन्स लाइफले ५१ करोड ५० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा व्यवसायको ५ दशमलव ०७ प्रतिशत हिस्सा ओगटेको हो । आइएमई लाइफले ५० करोड ८६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा व्यवसायको ५ प्रतिशत हिस्सा ओगटेको हो ।

रिलायबल नेपाल लाइफले ४३ करोड ६७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा व्यवसायको ४ दशमलव ३० प्रतिशत हिस्सा ओगटेको हो । सन नेपाल लाइफले २९ करोड १९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा व्यवसायको २ दशमलव ८७ प्रतिशत हिस्सा ओगटेको हो ।

मेट लाइफले १९ करोड ५४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा व्यवसायको १ दशमलव ५२ प्रतिशत हिस्सा ओगटेको हो । राष्ट्रिय जीवन बीमा कम्पनीले ३ करोड ९९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा व्यवसायको ० दशमलव ३९ प्रतिशत हिस्सा ओगटेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS