IME Life New

नौ महिनामा जीवन बीमकहरुको नाफा साढे ४ अर्ब माथि, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्म जीवन बीमा कम्पनीहरुले साढे ४ अर्ब रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएका छन्।

हाल सञ्चालनमा रहेका १४ वटा बीमा कम्पनीले सार्वजनिक गरेका तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीहरुले कुल ४ अर्ब ५९ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को अवधिसम्म कम्पनीहरुले ४ अर्ब ८६ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा कम्पनीहरुको नाफा ५.५५ प्रतिशतले घटेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १० वटा कम्पनीको नाफा बढेको छ भने ४ वटाको घटेको छ। समीक्षा अवधिसम्म सबैभन्दा बढी नाफा कमाउनेमा रिलायबल नेपाल लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) अगाडि रहेको छ।

चालु वर्षको चैतसम्म रिलाबयल नेपाल लाइफले ४७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४६ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ०.९९ प्रतिशतले बढेको छ।

दोस्रो धेरै नाफा कमाउनेमा नेपाल लाइफ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ६२ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको यो कम्पनीले समीक्षा अवधिमा ४५ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा २७.४० प्रतिशतले घटेको छ।

यसैगरी तेस्रो धेरै नाफा कमाउने कम्पनीमा नेसनल लाइफ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीले ४१ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १.९८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४० करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म आइएमई लाइफले ३६ करोड ७९ लाख रुपैयाँ, सिटिजन लाइफले ३६ करोड रुपैयाँ, एसियन लाइफले ३४ करोड ७३ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३४ करोड ८ लाख रुपैयाँ, सन नेपाल लाइफले ३४ करोड रुपैयाँ र सूर्यज्योति लाइफले ३३ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा आइएमई लाइफको नाफा ०.४३ प्रतिशत, सिटिजन लाइफको ०.६७ प्रतिशत, एसियन लाइफको ३.७९ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.९५ प्रतिशत, सन नेपाल लाइफको ३.३५ प्रतिशत र सूर्यज्योति लाइफको ११.५९ प्रतिशतले बढेको छ।

चालु वर्षको चैतसम्म एलआईसी नेपालले ३२ करोड ४ लाख रुपैयाँ, मेटलाइफले ३० करोड २५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २७ करोड ५० लाख रुपैयाँ, हिमालयन लाइफको २६ करोड १४ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ४० लाख १७ हजार नाफा आर्जन गरेका छन्। एलआई नेपालको नाफा ३५.७८ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको १.६१ प्रतिशतले बढेको छ भने मेटलाइफको १२.३३ प्रतिशत, हिमालयन लाइफको ४४.६६ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको ७३.९५ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS