IME Life New

जीवन बीमकले कर्मचारीको तलबभत्तामा खर्च गरे रु. ७ अर्ब बढी, कुन कम्पनीले कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्ष २०८२।८३ मा जीवन बीमा कम्पनीहरुको कर्मचारीहरुको तलबभत्तामा जाने खर्च थोरै बढेको छ।

हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमकले सार्वजनिक गरेको गत आर्थिक वर्षमा वित्तीय विवरणबाट यस्तो देखिएको हो। समीक्षा वर्ष कम्पनीहरुले कर्मचारीको तलबभत्ता ७ अर्ब २९ लाख रुपैयाँ खर्च गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा कम्पनीहरुले कर्मचारीहरुको तलबभत्तामा ६ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ खर्च गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीहरुको यो शीर्षकमा जाने खर्च ५.०५ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा ९ वटा जीवन बीमकको कर्मचारीको तलबभत्तामा जाने खर्च बढेको छ भने ५ वटा बीमकको घटेको छ। सर्वाधिक खर्च गर्नेमा हिमालयन लाइफ रहेको छ भने कम खर्च गर्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ।

समीक्षा वर्षमा कर्मचारीको तलबभत्तामा हिमालयन लाइफले ९० करोड २७ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ८५ करोड ९४ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च ५.०५ प्रतिशतले बढेको छ।

यसैगरी दोस्रोमा नेपाल लाइफ रहेको छ। अघिल्लो वर्ष नेपाल लाइफले ८८ करोड ७४ लाख रुपैयाँ खर्च गरेकोमा समीक्षा वर्षमा ५.३६ प्रतिशतले घटेर ८३ करोड ९८ लाख रुपैयाँमा झरेको छ।

तेस्रोमा सूर्यज्योति लाइफ रहेको छ। गत आर्थिक वर्षमा यो कम्पनीले ६८ करोड ५५ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीले ६५ करोड ७१ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनामा यस्तो खर्च ४.३३ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा नेसनल लाइफले ५४ करोड ६३ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीले ५ करोड ५ लाख रुपैयाँ खर्च गरेको थियो। यस हिसाबले कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च ८.१० प्रतिशतले बढेको छ।

सबैभन्दा कम खर्च गर्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ। गत आर्थिक वर्षमा कम्पनीले कर्मचारीको तलबभत्तामा १६ करोड ६९ लाख रुपैयाँ खर्चको छ। अघिल्लो वर्ष कम्पनीले १७ करोड ६ लाख रुपैयाँ खर्च गरेको थियो। यो कम्पनीको खर्च पनि २.१५ प्रतिशतले घटेको छ।

कसको कति खर्च ?

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS