IME Life New

जीवन बीमकबाट अभिकर्तालाई कमिसनबापत सवा १६ अर्ब बढी भुक्तानी, कुनबाट कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्ष २०८२।८३ मा जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिसनमा सवा १६ अर्ब रुपैयाँ बढी खर्च गरेका छन्।

गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार १४ वटा जीवन बीमा कम्पनीले १६ अर्ब ३० करोड ३९ लाख रुपैयाँ खर्च गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को कम्पनीहरुले १४ अर्ब ८० करोड ७० लाख रुपैयाँ खर्च गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको अभिकर्ता कमिसन १०.११ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा सबै कम्पनीको अभिकर्ता कमिसन बढेको छ। सर्वाधिक अभिकर्ता कमिसन बाँड्नेमा नेपाल लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले आइएमई लाइफ अगाडि रहेको छ।

गत आर्थिक वर्षमा नेपाल लाइफले ४ अर्ब १२ करोड ४९ लाख रुपैयाँ अभिकर्ता कमिसन वितरण गरेको छ। अघिल्लो वर्ष कम्पनीले अभिकर्ता कमिसनमा ३ अर्ब ६६ करोड ६८ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको अभिकर्ता कमिसन खर्च १२.४९ प्रतिशतले बढेको छ।

दोस्रो धेरै अभिकर्ता कमिसनमा खर्च गर्ने जीवन बीमकमा नेसनल लाइफ रहेको छ। समीक्षा वर्षमा यो कम्पनीले २ अर्ब २६ करोड ९९ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीले २ अर्ब १८ करोड ४२ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको अभिकर्ता कमिसनमा जाने खर्च ३.९३ प्रतिशतले बढेको छ।

तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) रहेको छ। एलआईसी नेपालले अघिल्लो वर्ष १ अर्ब ४७ करोड ७४ लाख रुपैयाँ खर्च गरेकोमा समीक्षा अवधिमा ३.२७ प्रतिशतले बढेर १ अर्ब ५२ करोड ५७ लाख रुपैयाँ पुगेको छ।

समीक्षा वर्षमा हिमालयन लाइफले १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ४६ करोड २९ लाख रुपैयाँ अभिकर्ता कमिसन वितरण गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको यस्तो खर्च ४.२० प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा अभिकर्ता कमिसनमा सूर्यज्योति लाइफले १ अर्ब १३ करोड ८८ लाख रुपैयाँ, एसियन लाइफले ८८ करोड ११ लाख रुपैयाँ, सिटिजन लाइफले ८५ करोड ४० लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ८२ करोड ६ लाख रुपैयाँ र आइएमई लाइफले ६७ करोड ३ लाख रुपैयाँ खर्च गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा सूर्यज्योति लाइफको खर्च ११.३४ प्रतिशत, एसियन लाइफको ८.६९ प्रतिशत, सिटिजन लाइफको १७.७३ प्रतिशत, सानिमा रिलायन्स लाइफको १४.१९ प्रतिशत र आइएमई लाइफको २७.११ प्रतिशतले बढेको छ।

यसैगरी गत आर्थिक वर्षमा अभिकर्ता कमिसनबापत रिलायबल नेपाल लाइफले ६२ करोड ४९ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ६० करोड ३८ लाख रुपैयाँ, मेटलाइफले ५८ करोड ७५ लाख रुपैयाँ, सन नेपाल लाइफले ४६ करोड ७६ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले २० करोड ९८ लाख रुपैयाँ खर्च गरेका छन्। अघिल्लो वर्षको तुलनामा रिलायबल नेपाल लाइफको खर्च १६.५५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १३.७९ प्रतिशत, मेटलाइफको ११.२६ प्रतिशत, सन नेपाल लाइफको ९.९० प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको १०.४९ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS