IME Life New

जीवन बीमालेख समर्पणबाट बाहिरिएको रकम घट्दा व्यतितको उठ्न बाँकी रकम भने बढ्यो

SPIL
काल्पनिक तस्वीर
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुको गत आर्थिक वर्ष २०८२।८३ मा जीवन बीमालेख समर्पण संख्या र समर्पणबापतको रकम दुवै घटेको छ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिविम्बअनुसार गत आर्थिक वर्षमा जीवन बीमालेख समर्पण संख्यामा १६.४९ प्रतिशतको गिरावट आएको छ। समीक्षा वर्षमा ९० हजार ३८७ बीमालेख समर्पण गरिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा बीमितले कुल १ लाख ८ हजार २३८ बीमालेख समर्पण गरेका थिए।

Esewa
Crest

समर्पण संख्या घट्दा समर्पणबापतको भुक्तानी रकम पनि घटेको छ। अघिल्लो आर्थिक वर्षमा जीवन बीमकले समर्पणबापत कुल १५ अर्ब १५ करोड २१ लाख रुपैयाँ भुक्तानी गरेका थिए। गत आर्थिक वर्षमा भने बीमितले १३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ भुक्तानी लिएका छन्। अघिल्लो वर्षको तुलनामा समर्पण रकम ९.११ प्रतिशतले घटेको छ।

प्राधिकरणका अनुसार नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिबाट ६ महिना नाघेका जीवन बीमालेखको संख्यामा सामान्य घटेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा व्यतित बीमालेख संख्या १७.१७ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षमा १० लाख ३० हजार ४० वटा बीमालेख व्यतित भएका छन्। ती व्यतित बीमालेखको उठ्न बाँकी रकम ३९ अर्ब २४ करोड ७२ लाख रुपैयाँ रहेको छ।

अघिल्लो आर्थिक वर्षमा १२ लाख ४३ हजार ३६५ वटा बीमालेख व्यतित रहेको र ती बीमालेखको उठ्न बाँकी रकम ३५ अर्ब १ करोड ७७ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा व्यतित बीमालेखको उठ्न बाँकी रकम १२.०८ प्रतिशतले बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS