IME Life New

जीवन बीमा कोष करिब साढे ९ खर्ब नजिक, कुन कम्पनीको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष निकै महत्वपूर्ण रहेको हुन्छ। हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमकको जीवन बीमा कोषको आकार करिब साढे ९ खर्ब रुपैयाँ पुगेको छ।

कम्पनीहरुले सार्वजनिक गरेका गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार कम्पनीहरुको जीवन बीमा कोषमा ९ खर्ब ४२ अर्ब ६३ करोड रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा कम्पनीहरुको जीवन बीमा कोषमा ८ खर्ब ७ अर्ब ३५ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीहरुको जीवन बीमा कोषको आकार १६.७६ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा सबै कम्पनीको जीवन बीमा कोषको आकार बढेको छ। नेपाल लाइफको जीवन बीमा कोषको आकार सबैभन्दा ठूलो रहेकोमा वृद्धिदरका हिसाबले आइएमई लाइफ अगाडि रहेको छ।

गत आर्थिक वर्षमा नेपाल लाइफको जीवन बीमा कोषमा २ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषमा २ खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो। कम्पनीको जीवन बीमा कोषको आकार १७.०४ प्रतिशतले बढेको छ।

दोस्रो ठूलो जीवन बीमा कोष लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ। अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषमा १ खर्ब १६ अर्ब ८५ करोड रुपैयाँ रहेकोमा समीक्षा वर्षमा बढेर १ खर्ब ३२ अर्ब ९२ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषको आकार १०.४५ प्रतिशतले बढेको छ।

यसैगरी तेस्रो ठूलो जीवन बीमा कोष नेसनल लाइफको रहेको छ। समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ३ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषमा ९३ अर्ब ९८ करोड रुपैयाँ थियो। कम्पनीको जीवन बीमा कोषको आकार १०.३५ प्रतिशतले बढेको छ।

वित्तीय विवरणअनुसार सबैभन्दा सानो जीवन बीमा कोष सन नेपाल लाइफको रहेको छ। यो कम्पनीको १२ अर्ब ९० करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार २७.७० प्रतिशतले बढेको छ।

वृद्धिदरका हिसाबले आइएमई लाइफको जीवन बीमा कोषको कोषको आकार सर्वाधिक ३९.४० प्रतिशतले बढेको छ। समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषमा बढेर १८ अर्ब २७ करोड रुपैयाँ रहेको छ।

कुन कम्पनीको जीवन बीमा कोषमा कति ?

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS