IME Life New

एलजी नेपालले घोषणा गर्‍यो विश्वकप योजनाका विजेता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलजी नेपालले आइसिसी टी–२० विश्वकप यात्राको पहिलो चरणको विजेता घोषणा गरेको छ । कम्पनीले फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा हुन लागिरहेको विश्वकप क्रिकेटलक्षित योजनाको विजेता घोषणा गरेको हो ।

विश्वस्तरीय अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चकलाई एकसाथ जोड्न कम्पनीले २९ मंसिरदेखि यो अभियान सुरु गरेको थियो । पहिलो चरणमा कम्पनीले देशभरबाट चारजना भाग्यशाली विजेता छनोट गरेको छ ।

Esewa
Crest

विजेता बन्नेमा काठमाडौं, इमाडोलका उसन प्रधांगन, बुटवलका शिव आचार्य, नैकापका प्रवास ढुंगाना र पोखराका विनोद सापकोटा रहेका छन् । कम्पनीका अनुसार विजेताले वानखेड स्टडियम मुम्बईमा हुने नेपालको कुनै एउटा खेल प्रत्यक्ष हेर्न पाउनेछन्, जसमा चार रात पाँच दिनको प्याकेज रहेको छ ।

यसको सबै खर्च कम्पनीले व्यहोर्ने जनाएको छ । साथै, कम्पनीले अझै पनि एलजीका सामान खरिद गरी विजेता बन्न सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS