IME Life New

लर्डबुद्ध एजुकेशन फाउन्डेसनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रम सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको पहिलो आईटी कलेजका रूपमा परिचित लर्डबुद्ध एजुकेशन फाउन्डेसनले कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल रूपान्तरणलाई केन्द्रमा राख्दै ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । एआई प्रविधिको तीव्र विकास र बजारमा बढ्दो मागलाई मध्यनजर गर्दै फाउन्डेसनले नयाँ पाठ्यक्रम सुरु गरेको हो।

फाउण्डेशनका अध्यक्ष इन्जिनियर पंकज जालानले एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनको सम्बन्धन तथा शिक्षा मन्त्रालयको स्वीकृतिमा सञ्चालन हुने यी कार्यक्रमहरूले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त गर्ने जानकारी दिए।

Esewa
Crest

‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रम सञ्चालनका लागि फाउन्डेसनले डीएलए कन्सल्टिङसँग सहकार्य गरेको छ। बिहीबार कार्यक्रम शुभारम्भ गर्दै अध्यक्ष जालानले एआई अब भविष्यको प्रविधि मात्र नभई बैंकिङ, व्यापार, व्यवस्थापन, डाटा विश्लेषण, रिपोर्टिङ तथा दैनिक कार्यालयीय कार्यको महत्वपूर्ण हिस्सा बनिसकेको बताए।

उनका अनुसार नयाँ कार्यक्रमको उद्देश्य विद्यार्थीलाई एआई सफ्टवेयर वा टुल बनाउने प्राविधिक ज्ञानमा मात्र सीमित नराखी बजारमा उपलब्ध एआई प्रविधिलाई वास्तविक जीवन र व्यवसायमा प्रभावकारी रूपमा प्रयोग गर्न सक्षम बनाउनु हो।

कार्यक्रममा फाउण्डेशनका कार्यकारी निर्देशक प्रकाश केजरीवालले सूचना प्रविधिको विकास, एआईको वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए। लर्डबुद्ध एजुकेशन फाउन्डेसनले एआई शिक्षालाई व्यवहारिक बनाउने उद्देश्यले भौतिक एआई सर्भर ल्याब स्थापना गर्ने तयारीसमेत गरेको जनाएको छ। विदेशबाट एआई सर्भर नेपाल ल्याउने तयारी भइरहेको फाउन्डेसनले जानकारी दिएको छ।

फाउण्डेशनका अनुसार प्रस्तावित एआई ल्याब केवल सर्भर र उपकरण राख्ने स्थान नभई विद्यार्थीलाई एआई प्रविधिको प्रत्यक्ष प्रयोग, परीक्षण र अनुसन्धान गर्ने अवसर प्रदान गर्ने केन्द्रका रूपमा विकास गरिनेछ। विद्यार्थीले आफ्नै सर्भरमा एआईसम्बन्धी अभ्यास गर्न पाउनेछन् भने ११ वटा अन्तर्राष्ट्रिय अनलाइन ल्याब, रिसर्च पेपर, जर्नल तथा पुस्तकहरूमा समेत पहुँच प्राप्त गर्नेछन्।

कार्यक्रममा डीएलए कन्सल्टिङका संस्थापक अध्यक्ष सुमन न्यौपानेले एआई सूचना प्रविधिको एउटा हिस्सा मात्र नभई हरेक संस्थाको रणनीतिक निर्णय प्रक्रियाको अभिन्न अंग बनिसकेको बताए ।‘एआईसम्बन्धी अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम काठमाडौं ल्याएर हामीले केवल अर्को शैक्षिक डिग्री थपिरहेका छैनौं, नेपालको भावी व्यवसायिक नेतृत्व निर्माण गर्ने नयाँ आधार तयार गर्दैछौं, न्यौपानेले भने।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS