IME Life New

लक्ष्मी सनराइज क्यापिटलका दुई म्युचुअल फन्डको आकर्षक लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले सञ्चालन गरेको दुईवटा म्युचुअल फन्डको आकर्षक लाभांश घोषणा गरेको छ।

क्यापिटल सञ्चालक समितिको बैठकले ‘लक्ष्मी भ्यालु फन्ड–२’ र ‘सनराइज ब्लुचिप फन्ड’का इकाइधनीलाई आर्थिक वर्ष २०८१।८२ का लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार करसहित लक्ष्मी भ्यालु फन्ड–२का इकाइधनीलाई १५ प्रतिशत र सनराइज ब्लुचिप फन्डका इकाइधनीलाई १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरिएको छ।

Esewa
Crest

यी दुवै योजनाको लाभांश वितरण प्रयोजनार्थ क्यापिटले साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन २६ गतेभन्दा अघिसम्म कायम इकाइधनीले यी दुवै योजनाको लाभांश पाउन योग्य हुनेछन्।

क्यापिटलले हितग्राही खातामा बैंक खाता अद्यावधिक भएका इकाइधनीलाई सोही बैंक खातामा प्रतिफलबापतको रकम जम्मा गरिने जनाएको छ। त्यसकारण आफ्ना हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न क्यापिटलले इकाइधनीहरुलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS