IME Life New

लक्ष्मी सनराइज क्यापिटल र जेनेसिस भेन्चर्सबीच आइपीओ निष्काशन व्यवस्थापन सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडसँग २५ लाख कित्ता साधारण शेयरको प्रस्तावित सार्वजनिक निष्काशनको लागि आइपीओ निष्काशन व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ ।

लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र जेनेसिस भेन्चर्स लिमिटेडका अध्यक्ष अनुज राठीले दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा आयोजित विशेष समारोहमा सम्झौतामा औपचारिक हस्ताक्षर गरे ।

Esewa
Crest

यस सम्झौता अन्तर्गत, लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडको आगामी प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को लागि निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा काम गर्नेछ। यो साझेदारीले नेपालको पूँजी बजारलाई सुदृढ पार्ने र आम जनताको लागि लगानी अवसरहरू विस्तार गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

जेनेसिस भेन्चर्स लिमिटेड एक निजी बजार लगानी कम्पनी हो जुन सूचीकरण नभएका इक्विटी अवसरहरूमा लगानी केन्द्रित रहेको छ, उच्च–बृद्धि क्षेत्रहरू र दीर्घकालीन मूल्य सिर्जनालाई लक्षित गर्दै कम्पनीले बलियो आधारभूत र विस्तार सम्भावना भएका व्यवसायहरू पहिचान गर्ने र लगानी गर्ने लक्ष्य राखेको छ । प्रस्तावित आईपीओले कम्पनीको भविष्यको वृद्धि र रणनीतिक विस्तार पहलहरूलाई समर्थन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS