IME Life New

लक्ष्मी सनराइज बैंकको कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । यसले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । जिम्मेवार बैंकिङको विश्वव्यापी अभ्यासहरू अपनाउने पहल अन्तर्गत यो प्रतिवेदन बैंकको दिगोपन सम्बन्धी वृहत कार्यदिशाको एक पाटो हो ।

कार्बन अकाउन्टिङ फाइनान्सियल (पीसीएएफ) पद्धतिको अनुसार तयार पारिएको प्रतिवेदनले बैंकको ऋण पोर्टफोलियोका प्रमुख क्षेत्रहरूसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण निर्धारण गर्दछ । मूल्याङ्कन गरिएका पोर्टफोलियोहरूबाट सो आर्थिक वर्षमा कुल उत्सर्जन २०२,०१३.४२ टन सीओटु बराबर (टीसीओटुइ)रहेको थियो ।

Esewa
Crest

पोर्टफोलियो अनुसार व्यापार कर्जा १९०, २९३.४२ टीसीओटुइ, परियोजना वित्त (जलविद्युत बाहेक) ७०५.५६ टीसीओटुइ, गाडी कर्जा १,५२८.९८ टीसीओटुइ र घर कर्जा ९४८५.४६ टीसीओटुइ रहेको छ ।

त्यस्तै बैंकको जलविद्युत परियोजनाहरूमा लगानीहरुले अनुमानित २०,३४७.११ बराबरको कार्बन उत्सर्जन रोक्न योगदान पुर्याउँदै बैंकको स्वच्छ र नवीकरणीय ऊर्जा समाधानहरूको प्रतिको प्रतिबद्धतालाइ थप जोड दिएको छ ।

सन् २०४५ सम्ममा नेपालको नेट शून्य उत्सर्जन लक्ष्य अनुरूप, बैंकले ग्रीन फाइनान्स, ऊर्जा–सदुपयोगी कर्जाहरु तथा वातावरणीय जोखिम व्यवस्थापनजस्ता प्रयासहरु विस्तार गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना कार्यसञ्चालन र ग्राहक सेवासम्बन्धी प्रणाली तथा अभ्यासहरूमा थ्रीआर दृष्टिकोण (थ्रीआर–रिड्युस, रियूज र रिसाइकलिन) लाई प्रोत्साहन गर्दै आएको छ।

यही योजना अन्तर्गत बैंकले चालु आर्थिक वर्षमा १०,००० रूख रोप्ने साहसी पहल ‘मिसन १००००’ पनि सञ्चालन गरेको छ। यस अन्गर्गत हालसम्म लगभग ७,५०० रूखहरू रोपिई सकिएको छ । यसले जलवायु प्रति बैंकको प्रतिबद्धतालाई वास्तविक, मापनयोग्य कार्यमा बदल्नु पर्ने बैंकको विश्वासलाई थप सुदृढ पारेको छ ।

यसलाइ निरन्तरता दिँदै भविष्यमा बैंकले आफ्नो कार्बन उत्सर्जनको मापनमा थप पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न थप कर्जाका वर्गहरू पनि समावेश गर्ने लक्ष्य राखेको छ । यी कार्यहरू लक्ष्मी सनराइज बैंकको दिगोपन रणनीतिको अभिन्न अंग बन्न गएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS