IME Life New

खेलाडीको अनिवार्य बीमा गरिदिन सांसद रजनी श्रेष्ठले गराइन् सरकारको ध्यानाकर्षण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रको शिर उचो राख्न आफ्नो जीवन अर्पण गरिदिने खेलाडीका लागि बीमा लगायतका व्यवस्था गरिदिन प्रतिनिधि सभा सदस्य रजनी श्रेष्ठले सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउँदै सांसद श्रेष्ठले खेलाडीलाई बीमा र रोजगारीको ग्यारेण्टी गर्न र विद्यालय तहमा खेलकुदलाइ अनिवार्य गर्नुपर्ने माग गरेकी हुन् ।

Esewa
Crest

सम्बोधनका क्रममा सांसद श्रेष्ठले भनिन्, आज म यो सदनमा सांसद भएर होइन खेलाडीको मन बोकेर उभिएको छु। देशको लागि पसिना बगाउने खेलाडी आज विदेश पलायन हुन बाध्य भएका छन्, हामीले ताली बजाएम् तर उनीहरूको पीडा कहिल्यै बुझेनम् न त्र पर्याप्त पूर्वाधार छ। नत समयमा पुरस्कार न त भविष्यको सुनिश्चितता ।

उनले भनिन्, यदि यूवाहरू कुलतमा होइन, देश निर्माणमा लागून् भन्ने हो भने खेल क्षेत्रलाइ विद्यालयमा अनिवार्य गरियोस् । खेलाडीलाई बीमा रोजगारीको ग्यारेण्टी गरियोस्। सभामुख महोदय म आज हजुरसँग विनम्र अनुरोध गर्न चाहान्छु कि खेल क्षेत्रमा राजनीतिकरण र आबद्धतावादलाई बन्द गरियोस् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सूचीमार्फत् प्रतिनिधि सभा सदस्य चुनिएकी श्रेष्ठ अन्तर्राष्ट्रिय पदक विजेता शारीरिक सुगठन(बडी बिल्डिङ) खेलाडी र प्रशिक्षक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS