काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीले दोस्रो जित हासिल गरेको छ। सुनसरी क्षेत्र १ बाट पार्टीका संस्थापक हर्कराज राई (साम्पाङ) निर्वाचित भएसँगै सांसद संख्या दुई पुगेको हो।
साम्पाङले ३५ हजार ७४१ मत ल्याएर विजयी भएका छन्। उनको निकटमम प्रतिद्वन्द्व रास्वपाकी उम्मेदवार गोमा तामाङले २७ हजार २४९ मत ल्याएकी छन्। तामाङलाई ८ हजार ४९२ मतान्तरले पराजित गर्न साम्पाङ सफल भएका हुन्।
यसअघि खोटाङ क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी भइसकेका छन्।












