IME Life New

कुवेतले एकै झट्कामा गर्यो ३७ हजार मानिसको नागरिकता रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खाडी मुलुक कुवेतले एउटा अचम्मलाग्दो कदम चाल्दै एकै झट्कामा ३७ हजार मानिसको नागरिकता रद्द गरेको छ। तीमध्ये अधिकांश विवाहमार्फत नागरिकता प्राप्त गर्ने महिला छन्।

नागरिकता खोसिनेमा कतिपय २० वर्षभन्दा बढी समयदेखि कुवेतमा बस्दै आएका छन्। धेरैलाई यो कुरा आफ्नो नियमित काममा पुग्दामात्रै थाहा भएको थियो।

Esewa
Crest

जोर्डनकी ५० वर्षीया निरा (नाम परिवर्तन गरिएको)ले आफ्नो साप्ताहिक कसरत कक्षाका क्रममा यो कुरा थाहा पाइन्। जब उनको क्रेडिट कार्ड भुक्तानी अस्वीकृत भयो। उनको नागरिकता रद्द गरिएकोले बैंक खाता अस्थायी रुपमा फ्रिज गरिएको छ।

निरा अहिले स्तब्ध छिन्। कुवेदी अधिकारीहरुको डरले उनले एएफपीलाई आफ्नो वास्तविक नाम प्रयोग नगर्न अनुरोध गरिन्। उनले भनिन्, ‘२० वर्षभन्दा बढी समयदेखि कानुन पालना गर्ने नागरिक भइसकेपछि एक बिहान तपाइँ उठ्नुहुन्छ र थाहा पाउनुहुन्छ कि तपाइँ अब नागरिक रहनुभएन। यो बिल्कुलै ठीक होइन।’

कुवेतमा नागरिकता खारेज गरिएका ३७ हजारमध्ये कम्तीमा २६ हजार महिला छन्। यद्यपि, केही मिडिया रिपोर्टहरुले वास्तविक संख्या बढी हुन सक्ने जनाएका छन्। कुवेत विश्वविद्यालयका इतिहास प्राध्यापक बादल अल–सैफले भने, ‘कुवेतमा सामूहिक रूपमा नागरिकता खारेजी नयाँ नभए पनि यो संख्या पक्कै पनि अभूतपूर्व हो।’

कुवेतको यो कदम अमिर शेख मिशाल अल–अहमद अल–सबाहको नेतृत्वमा रहेको शासनको सुधार पहलको एक हिस्सा हो। यसको उद्देश्य राष्ट्रियतालाई कुवेती रगतको नातामा सीमित गर्नु र कुवेती पहिचानलाई पुनः आकार दिनु हो। विश्लेषकहरु भन्छन्, ‘नागरिकता नीतिले तेल धनी देशको राष्ट्रियतालाई रगतको नातामा सीमित गरेर सम्भावित रुपमा मतदाता संकुचित गर्ने उद्देश्य राखेको छ।’

डिसेम्बर २०२३ मा सत्ता सम्हालेको पाँच महिनापछि अमिर शेख मेशालले संसद भंग गरे र संविधानका केही अंशहरु निलम्बन गरे।

कुवेतमा पहिले नै लगभग १ लाख बिदुन मानिसको राज्यविहीन समुदाय छ। बिदुन एक अरब अल्पसंख्यक हो। जो कुवेतमा बसोबास गर्ने बेदुइन भनिने घुमन्ते जनजातिबाट आएका हुन्। सन् १९६१ मा कुवेत स्वतन्त्र हुँदा बिदुनहरुलाई नागरिकका रुपमा समावेश गरिएको थिएन। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

36%
happy

खुसी

21%
sad

दु :खी

29%
amazed

अचम्मित

0%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS