IME Life New

कुमारी बैंक ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड २०२६’ मा प्ल्याटिनम विजेता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘Infosys Finacle Innovation Awards 2026’ अन्तर्गत व्यावसायिक मोडेल नवप्रवर्तन तर्फ उच्च तहको अवार्ड प्ल्याटिनम विजेताकासम्मानित भएको छ । बैंकले कार्यान्वयन गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया सम्बन्धी उल्लेखनिय पहलको लागि उक्त सम्मान प्रदान गरिएको हो ।

इन्फोसिस फिन्याकलद्वारा प्रत्येक वर्ष आयोजना गरिने यो अवार्ड कार्यक्रम विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरणका अभ्यासहरूको कदर गर्न सञ्चालन हुँदै आएको छ । यस वर्ष ९ विधामा ५०० भन्दा बढी आवेदन परेका थिए, जसबाट कुमारी बैंकले आफ्नो केवाईसी कार्यप्रवाह अनुपालन प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै प्ल्याटिनम सम्मान प्राप्त गरेको हो ।

Esewa
Crest

उक्त प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै नियामकीय मापदण्डहरूको कडाइका साथ पालना गर्न सहयोग पु¥याएको छ । साथै, डिजिटल प्रविधिको उपयोगमार्फत सेवा प्रवाहलाई थप पारदर्शी र भरोसायोग्य बनाउँन योगदान पुगेको बैंकले जनाएको छ ।

यस अन्तर्राष्ट्रिय सम्मानसँगै कुमारी बैंकले नवप्रवर्तनमार्फत सुरक्षित, भरपर्दो र ग्राहककेन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता थप सुदृढ बनाएको छ । बैंकले आगामी दिनहरूमा डिजिटल समाधान विस्तार गर्दै ग्राहकलाई अझ सहज, विश्वसनीय र उत्कृष्ट बैंकिङ्ग अनुभव प्रदान गर्न निरन्तर प्रयास गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS