IME Life New

कुमारी बैंकद्वारा नेपालको पहिलो रियल टाइम ईपीआर एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङ्गलाई नयाँ उचाइमा पु-याउने उद्देश्यले IMS Software Pvt. Ltd. सँगको सहकार्यमा नेपालको पहिलो Real time एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म  सार्वजनिक गरेको छ ।

Esewa
Crest

बैंकले आफ्ना व्यवसायी ग्राहकहरूलाई यस नवीन पहलमार्फत IMS को ERP Software मार्फत बिनाधितो कर्जा प्रदान गर्नेछ । यसका लागि लामो कागजी प्रक्रिया तथा शाखा धाउने झन्झट हट्ने भएको छ । यस प्ल्याटफर्मले कर्जा आवेदन, स्वीकृति, वितरण तथा भुक्तानीसम्मको सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाट सम्पन्न गर्ने सुविधा प्रदान गर्दछ ।

ERP प्रणालीसँगको प्रत्यक्ष एकीकरणमार्फत बैंकले व्यवसायहरूको बिक्री, कारोबार तथा मौज्दातजस्ता वास्तविक समय डेटाका आधारमा कर्जा योग्यता मूल्याङ्कन गर्न सक्नेछ । यस डेटामा आधारित प्रणालीले छिटो र सटीक निर्णय लिन सहयोग पु‍¥याउँदै परम्परागत धितो आवश्यकताविनै व्यवसायहरूलाई वित्तीय पहुँच उपलब्ध गराउँछ । यसमार्फत भ्च्ए प्रयोग गर्ने व्यवसायहरूले आफ्नै कार्यसम्पादनका आधारमा रु ५,००,००० सम्मको चालु पूँजी कर्जा प्राप्त गर्न सक्नेछन्, जसलाई १२ महिनासम्मको समान मासिक किस्ता  मार्फत भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ । सेवाको प्रयोग, माग तथा नेपाल राष्ट्र बैंकको निर्देशनका आधारमा भविष्यमा कर्जा सीमा वृद्धि गर्दै वित्तीय प्रक्रियालाई अझ सरल, छिटो र प्रभावकारी बनाउने योजना बैंकले राखेको छ ।

यो पहल नेपाल राष्ट्र बैंकको डिजिटल कर्जा सेवा विस्तार तथा कर्जामा पहुँच अभिवृद्धि गर्ने परिकल्पनाअनुरूप नवप्रवर्तन र वित्तीय समावेशीकरणप्रति कुमारी बैंकको प्रतिबद्धताको प्रतिविम्ब भएको र यसले विशेषगरी साना तथा मझौला उद्यमी हरूलाई लाभान्वित गर्ने विश्वास गरिएको छ ।

नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु‍¥याइरहेका ९ लाखभन्दा बढी साना तथा मझौला उद्यमहरूलाई लक्षित गर्दै ल्याइएको यस पहलले वित्तीय समावेशीकरणलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ । साथै, यसले उद्यमशीलता प्रवद्र्धन, व्यवसाय विस्तार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक योगदान पु‍¥याउने विश्वास गरिएको छ ।

२८६ शाखा र ४१ एक्सटेन्सन काउन्टरहरूको देशव्यापी सञ्जालहरु, सुदृढ बैंकिङ्ग अनुभव तथा प्रविधिक साझेदारहरूसँगको सहकार्यबाट कुमारी बैंक नेपालमा डिजिटल वित्तीय रूपान्तरणको अग्रपंक्तिमा उभिएको र यस पहलले साना तथा मझौला उद्यमीहरुको कर्जा पहुँचमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वासका साथ बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ र उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS