IME Life New

कुमारी बैंकले ल्यायो ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ ! योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले नयाँ योजना टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !” सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनु हुनेछ, जसमा बम्पर उपहार आइफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनालाई रु.१०० को मोबाइल रिचार्ज उपहार समेत रहेको छ ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा रु. १०० को मोबाइल टपअप र कम्तीमा रु. ५०० को फोनपे डाइरेक्ट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ । यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारको लागि स्वतः योग्य हुनेछन् । यस अन्तर्गत, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले रु. १०० को मोबाइल टपअप जित्न सक्नेछन् । साथै, योजना समाप्त भएपछि सहभागी मध्यका एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप नयाँ आइफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन् । यो योजना १ बैंशाख २०८२ देखी ३१ बैशाख २०८२ गतेसम्म सञ्चालन हुनेछ ।

Esewa
Crest

यस योजनाले ग्राहकहरूलाई कुमारी स्मार्ट मोबाइल बैंकिङ्ग एप मार्फत डिजिटल कारोबार गर्न अझ प्रोत्साहित गर्ने विश्वसका साथ मोबाइल टपअप र फोनपे डाइरेक्ट कारोबारलाई प्रवद्र्धन गर्दै, डिजिटल बैंकिङ्ग सेवालाई अझ सहज, सरल, सुरक्षित र भरपर्दो बनाउने लक्ष्य बैकले राखेको छ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS