IME Life New

जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचना पुनर्निर्माणमा कुलमान आफैँ सक्रिय हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा आगलागीले क्षतिग्रस्त भएका सार्वजनिक संरचना पुनर्निर्माणमा जनता आफैं सक्रिय हुने बताएका छन्।

मन्त्री घिसिङका अनुसार संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायतका संरचनामा पुगेको क्षति पुनर्निर्माणका लागि ‘हाम्रो सार्वजनिक संरचना हामी आफैँ बनाउँछौँ’ अभियान सुरु गरिनेछ। ‘यसका लागि विशेष कोष खडा गरिनेछ’, उनले भने, ‘अर्थ मन्त्रालयको सहमतिमा क्याबिनेटबाट कोष स्थापना हुनेछ। विदेशमा रहेका नेपालीहरूले पनि अपनत्व देखाउने अपेक्षा छ। बनाउने पनि हामी नै हौँ, जति सकिन्छ, गर्नुहोला। सदुपयोग हुने विश्वास छ।’

Esewa
Crest

घिसिङले पुनर्निर्माणमा जनता र स्थानीय समुदायको प्रत्यक्ष सहभागितालाई जोड दिँदै अभियान सफल बनाउन सबैमा आह्वान गरेका छन्। यस पहलले सार्वजनिक संरचनाको पुनर्निर्माण छिटो र पारदर्शी ढंगले सम्पन्न हुने उनको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS